भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा « Khabarhub

भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा आएको छ । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बंगलादेशी समकक्षी शेख हसिनाले पाइपलाइनको उद्घाटन गरेका थिए ।

दुई मुलुकका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत ‘भारत–बंगलादेश मैत्रिपूर्ण पाइपलाइन’ को उद्घाटन गरेका हुन् ।

यस पाइपलाइनले भारत पश्चिम बंगाल राज्यको सिलिगुडीमा रहेको नुमालिगढ प्रशोधन केन्द्रको टर्मिनलबाट बंगलादेशको पार्वतीपुर डिपोलाई जोड्नेछ ।

भारतीय प्रधानमन्त्री मोदी र बंगलादेशी समकक्षी हसिनाबीच सन् २०१७ मा हरेक वर्ष १० लाख मेट्रिक टन इन्धन आपूर्ति गर्ने क्षमताको पाइपलाइन निर्माण गर्ने सहमती भएको थियो । यस परियोजना निर्माणको काम सन् २०१८ को सेप्टेम्बर महिनामा सुरु गत डिसेम्बर १२ मा सकिएको थियो ।

३ अर्ब ७७ करोड भारतीय रुपैयाँको लागतमा यस परियोजना निर्माण गरिएको आसाम ट्रिब्युनले जनाएको छ । जसमध्ये ९१ करोड ८४ लाख भारतीय रुपैयाँ भारत सरकारले र बाँकी २ अर्ब ८५ करोड भारतीय रुपैयाँ भारत सरकारको अनुदान सहयोगमा बंगलादेशले लगानी गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : ४५ बजे

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको