दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे « Khabarhub

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी खुसी छन् । विगत पाँच वर्षदेखि मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा आज सम्पन्न तीन दिने निःशुल्क शिविरमा शल्यक्रिया गरेपछि स्पष्टसँग आँखा देख्नसक्ने हुनुभएको भएका हुन।

जिल्लाको बेनी नगरपालिका–२ खबराका खड्काले शल्यक्रियापश्चात स्पष्ट आँखा देख्ने भएपछि चिकित्सकसँग गीत गाएर नाच्दै खुसी व्यक्त गरे। चिकित्सकले आँखाको शल्यक्रिया गरेपछि स्पष्टरूपमा आँखा देख्ने भएको खड्काले बताए।

त्यसैगरी बेनी–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको थियो । बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेपछि खुसी हुँदै चिकित्सककै अघि नाचेर रमाइलो गरे।

खड्का र विकजस्तै ८२ जना वृद्धवृद्धा आज शल्यक्रियापछि आँखाले संसार हेर्न पाउँदा दङ्ग परेका छन् । बेनी अस्पतालमा चैत ५ गतेदेखि सञ्चालन भएको शिविरमा ८२ जना मोतियाविन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घ म्याग्दीका सभापति अमरबहादुर बानियाँले बताए । “धेरै मोतियाविन्दु वृद्धवृद्धामा देखिएको छ, मोतियाविन्दु भेटिएका सबैको शल्यक्रिया गरिएको छ” उनले भने।

 

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ११ : ०० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४