इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश « Khabarhub

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौँलाई३–१ गोल अन्तरले हराएर फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । मछिन्द्रलाई फाइनल चरणमा पुग्न रोक्दै सगरमाथालाई उपाधि नजिक पु¥याउन राजीव लोप्चन, अफ्रिकी खेलाडी स्टेफिन र मेसुकेले एक÷एक गोल गर्न सफल भए ।

सगरमाथाका खेलाडी लोप्चनले खेलको चौथो, स्टेफिनले १२औँ र मेसुकेले ५१औँ मिनेटमा गोल गरेका थिए । पराजित मछिन्द्रका क्याप्टेन अफिज ओलावाले खेलको ८८आँै मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सगरमाथाका स्टेफिन घोषित भए । उनले नगद रू १० हजार पाए ।

भोलि बिहीबारको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिनुभयो । सगरमाथाले अन्तिम सेमिफाइनल विजेतासँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख हात पार्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ११ : ०७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया