इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश | Khabarhub Khabarhub

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौँलाई३–१ गोल अन्तरले हराएर फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । मछिन्द्रलाई फाइनल चरणमा पुग्न रोक्दै सगरमाथालाई उपाधि नजिक पु¥याउन राजीव लोप्चन, अफ्रिकी खेलाडी स्टेफिन र मेसुकेले एक÷एक गोल गर्न सफल भए ।

सगरमाथाका खेलाडी लोप्चनले खेलको चौथो, स्टेफिनले १२औँ र मेसुकेले ५१औँ मिनेटमा गोल गरेका थिए । पराजित मछिन्द्रका क्याप्टेन अफिज ओलावाले खेलको ८८आँै मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सगरमाथाका स्टेफिन घोषित भए । उनले नगद रू १० हजार पाए ।

भोलि बिहीबारको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिनुभयो । सगरमाथाले अन्तिम सेमिफाइनल विजेतासँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख हात पार्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ११ : ०७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य