बेलझुण्डी रङ्गशाला : निर्माण सम्पन्न भयो, हस्तान्तरण भएन « Khabarhub

बेलझुण्डी रङ्गशाला : निर्माण सम्पन्न भयो, हस्तान्तरण भएन


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – दाङमा बहुउद्देश्यीय रङ्गशाला निर्माण भए पनि हस्तान्तरण हुन सकेका छैनन्। दाङ तुलसीपुर–१७ बेलझुण्डीस्थित रङ्गशाला निर्माण भएको तीन वर्षहुँदा पनि हस्तान्तरण गरिएको छैन।

एथ्लेटिक्स र फुटबल रङ्गशाला निर्माण भएको लामो समय भए पनि हस्तान्तरण हुन नसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमैले जानकारी दिनुभयो। “रङ्गशाला निर्माण भएको २०७६ सालमा हो”, उनले भने, “तर, किन हो, अझै हस्तान्तरण भएको छैन।”

अन्तर्राष्ट्रियस्तरको उक्त रङ्गशालामा आठौँ राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता सम्पन्न भएका थिए। हस्तान्तरण नहुँदा आफूहरुलाई संरक्षणमा समस्या हुने गरेको उनको भनाइ छ। अहिले जसोतसो संरक्षण गरेको भए पनि पूर्ण अधिकार नहुँदा गाह्रो भएको उनको भनाइ छ। उक्त रङ्गशाला निर्माण गरेको ठेकेदारले कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रङ्गशाला निर्माण गरिरहेको छ।

राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेशस्तरको खेलकुद परिषद् कसले रङ्गशालाको संरक्षण र मातहतमा रहने विषय नटुङ्गिएपछि हस्तान्तरणमा समस्या भएको परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिए। कानुन अभावमा यस्तो समस्या देखिएको हो। रु २४ करोड २४ लाख लागतमा उक्त रङ्गशाला निर्माण भएको हो। दिवा एमए प्रतिष्ठा जेभीले भिआइपी प्याराफिटसहित रङ्गशाला निर्माण गरेको हो।

रङ्गशालामा भिआइपी प्याराफिट, बाथरुम, बिजुली र रङरोगनसमेत गरिएको छ। रङ्गशालामा फुटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ। जुन मोफसलमा पहिलो हो। त्यहाँ ‘भिआइपी’ प्याराफिटभित्र खेलाडीका लागि चेञ्जिङ रुम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ। रङ्गशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्याराफिटमा चार सय १२ सिट छन्। रङ्गशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्याराफिट निर्माण गरिएको छ। भिआइपी प्याराफिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिट मलेसियाबाट ल्याइएको हो। रङ्गशालामा प्रयोग गरिएका तारबारसमेत विदेशबाटै ल्याइएको हो। फिफा मापदण्डअनुसार निर्माण गरिएको फुटबल मैदानमा बरमुडा दुबो रोपिएको छ। यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको हो।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : ३५ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय