नगरपालिकाद्वारा शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन « Khabarhub

नगरपालिकाद्वारा शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरूको लागि विद्यालय सञ्चालन गरिएको हो । 

जानकी–३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए। उनका अनुसार यो विद्यालय सञ्चालनसँगै शुक्रबारदेखि भर्ना अभियान पनि सुरु गरिएको छ । यस वर्ष करिब दुई सय छात्रालाई विद्यालयमा भर्ना गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाले यस वर्ष ९० लाखको लागतमा छात्रा विद्यालय सञ्चालन गरिरहेको छ । 

संघीय सरकारको विशेष अनुदानबाट आएको ५० लाखबाट गाउँपालिकाले विद्यालयको पर्खाल र शौचालय निर्माणको काम गरिरहेको छ भने विद्यालय सञ्चालन गर्न गाउँपालिकाले ४० लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिए ।

गाउँपालिकाले विद्यालयमा छात्राका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोसाक र आउन जानका लागि निःशुल्क यातायात, स्वच्छ पानी तथा शौचालयको पनि व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । उक्त विद्यालयमा गाउँपालिकाका छवटै वडाका छात्रालाई समावेश गर्नेगरी पालिकाले यातायातको व्यवस्था गरेको छ । आवश्यकताअनुसार यातायातका साधन थप्दै जाने उनले बताए ।

विद्यालय सञ्चालनका लागि शिक्षिकाको मात्रै व्यवस्था गरिएको छ । मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिकामा शिक्षालाई प्राथमिकता दिई काम गरिरहेको अध्यक्ष खाँको भनाइ छ । गाउँपालिकामा प्राथमिक विद्यालय १६, आधारभूत विद्यालय तीन र मावि पाँच छन् । यहाँ १४ मदरसा छन् । छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ । 

माविसम्म सीमित रहेको सो गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताए  ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : ३२ बजे

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक