इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ हर्षोल्लासका साथ मनाइयो  « Khabarhub

इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ हर्षोल्लासका साथ मनाइयो 


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मोरङ– इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोल्लासको साथ मनाइएको छ । विराटनगर महानगरपालिका-१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ । 

एक महिनासम्म चलेको रमजान पर्वमा मुसलमान दिनमा निराधार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ ।

 त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।

 यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने  प्रचलन रहिआएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : ५१ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको