शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना : अध्यक्ष नेपाल


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन् ।

पार्टी निकट युवा सङ्घ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘सहकारीको वर्तमान अवस्था, अवस्था र चुनौती’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताए । 

युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने उनले बताए । विश्व अर्थतन्त्रमा असर देखा परेको अहिलेको परिस्थितिमा त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने चुनौती रहेको उनको भनाइ थियो । सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रूप भएको जनाउँदै उनले सहकारीले आममानिसको हितमा काम गर्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका  नेपालले यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी, निजी र राज्य सम्मिलित तीन खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउँदै आर्थिक संकटको न्यूनीकरण गर्न समाजमा छरिएका ससाना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने विचार व्यक्त गरे । सन् १९३० मा भएको विश्व आर्थिक मन्दी समाधानमा सहकारी क्षेत्रको उल्लेखनीय भूमिका रहेको उनको भनाइ थियो ।

सङ्घका इञ्चार्ज दिलु पन्तले सहकारी क्षेत्रले ग्रामीण भेगका किसानलाई लक्षित गरी आर्थिक गतिविधि सञ्चालनका माध्यमबाट सामाजिक रूपान्तरणमा योगदान गर्नुपर्ने बताए।

विज्ञ कृष्ण आचार्य, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाही, सहकारी विभाग प्रमुख उर्मिला कुँवर, सङ्घका नेता समीप त्रिपाठीलगायतले सहकारीले उद्यमशीलता विकास गर्न लगानी बढाउनुपर्ने भन्दै सरकारले हालै सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताए । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : ५५ बजे

कार्यसम्पादन मुल्यांकन समयभित्र नबुझाउँदा कुलमानले शुन्य अंक पाए : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन

कांग्रेस तेलको कि पानीको ?

नेपाली कांग्रेसमा यतिखेर भावी नेतृत्वको चर्चा चलिरहेछ । वर्तमान सभापति

प्रधानमन्त्री रोजगार कार्यक्रम : स्थानीय तहबाट निवेदन माग

दमौली– जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन

नेपालले प्यालेस्टिनलाई उपनिवेश बनाउने कोसिस भएको भन्दै विरोध (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय क्रान्तिकारी मोर्चाले पनि प्यालेस्टाइनमा भइरहेको इजरायल र अमेरिकी हस्तक्षेपविरुद्ध

इटहरीमा ट्राफिक व्यवस्थापनसम्बन्धी अभियान

इटहरी – इटहरीमा ट्राफिक प्रहरीले ट्राफिक नियम व्यवस्थापनसम्बन्धी अभियान सञ्चालन