राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमणमा जाँदैछु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमणमा जाँदैछु : प्रधानमन्त्री प्रचण्ड


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको समग्र हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो भारत भ्रमण हुने बताएका छन् ।

शनिबार ललितपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो छिट्टै छिमेकी देशको भ्रमण हुन लागेको भन्दै राष्ट्रको समग्र हित, स्वार्थलाई व्यवस्थित रुपले राख्नका लागि आवश्यक तयारी भइरहेको बताएका हुन् ।

उनले बिभिन्न चूनौतिबीच कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेकाले यसलाई अवसरको रुपमा लिने बताए । राष्ट्रिय एकतालाई अघि बढाउन र आर्थिक समस्या समाधानका साथै इतिहासको चक्कालाई पछि ढकेल्न खोज्ने चूनौति देखिएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको निर्वाचन प्रणाली र संवैधानिक व्यवस्थाका कारण कुनै एक पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेका कारण गठबन्धन बनेको र गठबन्धनलाई पाँचै वर्ष अघि बढाएर देश र जनतामा सेवा प्रवाह गरिने धारणा राखे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले कम्युनिष्ट आन्दोलन अझैपनि जनतामा लोकप्रिय रहेको भन्दै कम्युनिष्ट एकतामा भएको त्रूटीलाई आत्मसमिक्षा गर्दै पुन एकतामा जानुको विकल्प नरहेको बताए । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि पार्टी केन्द्रीत भएको छिटै नतिजामा पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको साझा मुद्धामा सहकार्य गर्नका लागि कम्युनिष्ट दलहरु तयार हुनुपर्ने बताए । उनले विचार मन मिल्न सने कम्युनिष्ट पार्टीहरु एकता नै गरेर अघि बढ्नुपर्ने जिकिर गरे ।

उनले अहिलको कम्युनिष्ट आन्दोलनको अवस्थाका बारेमा गहिरो समिक्षा गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : १९ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय