युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा संलग्न गराउन जरुरी : अध्यक्ष नेपाल « Khabarhub

युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा संलग्न गराउन जरुरी : अध्यक्ष नेपाल


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकका युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा पनि संलग्न गराउन जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा युवा संघ नेपाल, सहकारी विभागले आयोजना गरेको भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनताको आर्थिक स्तर सुधारका लागि युवाहरुलाइ राजनीतिमा संलग्न गराएजस्तै आर्थिक क्रियाकलापमा पनि संलग्न गराउन जरुरी रहेको बताएका हुन् ।

युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने अध्यक्ष नेपालको भनाइ छ । उनले मुलुकमा देखिएको आर्थिक समस्या न्यूनीकरण गर्न समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने र सहकारी पनि ऐन नियममा बाधिएर अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताए ।

उनले पार्टीलाई बलियो बनाउनका लागि संगठन बलियो हुनुपर्ने भएकाले ठोस नजिता देखिनेगरि संगठन लगाएत पार्टीका लागेका नेता कार्यकर्ताहरुले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : ४२ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका