सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लब विजयी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लब विजयी


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । शनिबार च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।

मछिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले एक एक गोल गरे । खेलको ४५ औं मिनेटमा ग्याल्सेनले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा देवेन्द्रले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा फ्रेन्ड्सका अमिनुले गोल गरेपनि मच्छिन्द्र  २–१ ले विजयी भयो ।  मछिन्द्रको यो चौंथो जित हो । मच्छिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ । फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङलाई एफसी खुमलटारले २–१ गोल अन्तरले पराजित गर्‍यो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । 

खेलको ५३ औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीमा गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को जित दिलाए । खुमलटारको यो चौंथो जित हो ।

खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ । मनाङको यो लगातार चौंथो हार हो । मनाङले ११ खेलमा १५ अंक जोडेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ४१ बजे

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०