धवलागिरि हिमालमा एक बेपत्ता, दुईको उद्धार « Khabarhub

धवलागिरि हिमालमा एक बेपत्ता, दुईको उद्धार


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।

आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं ४ मा अवस्थित छ । धवलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए ।

बेपत्ताको खोजीका लागि शनिबार हेलिकोप्टरमार्फत धवलागिरि आधार शिविर पुगेर फर्किएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता भएका हुन् ।

अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पु¥याइएको शेरचनले जानकारी दिए। उनीहरू सेभेन समिट ट्रेक काठमाडौँबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए । जापानिज आधार शिविर नजिकै हिउँपहिरामा परेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : १७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको