अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लन्डन – विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन्।

नेपाल ब्रिटेन डटकमको १६औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘हरेक विधामा निष्पक्ष रूपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने विश्वास लिएको छु।’

शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘बेलायतबाट प्रकाशन भइरहेको नेपालब्रिटेन डट कमले  १६ औँ वसन्त पार गरेको खबर सुन्दा खुसी लागेको छ। सूचना तथा प्रविधिको विकासले गर्दा सारा संसार विश्व ग्राम (ग्लोबल भिलेज) मा परिवर्तन भई रहेका बेला मानव जातिका सामु उपस्थित प्रमुख चुनौतीहरूबारे जनचेतना जगाउन र ती सँग जुध्न सामूहिक प्रयत्नलाई बढवा दिन पनि सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहन्छ।  विदेशमा रहेका सञ्चार माध्यमहरूले त नेपाल र बाह्य विश्वलाई आपसमा जोड्ने सेतुको काम गरिरहेका छन्।’

विकसित देशहरूमा अनलाइन मिडिया तथा सामाजिक सञ्जाल मानव समुदायका लागि आधारभूत आवश्यकताको वस्तु नै भैसकेको उल्लेख गर्दै नेपालजस्ता विकासोन्मुख देशहरूमा पनि यसको लोकप्रियतामा बढ्दै जानुका साथै जनतामा यसको पहुँचमा पनि वृद्धि हुँदै गएको प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ८ : ५८ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का