मेयर विष्णुकुमार : जो पारिश्रमिक लिँदैनन्  « Khabarhub

मेयर विष्णुकुमार : जो पारिश्रमिक लिँदैनन् 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुगु – जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भामले कुनै सेवा सुविधा नलिने बताएका छन्।

नगरपालिकाकाले पहिलो पटक आयोजना गरेको नागरिक र सरोकारवालाबीचको सार्वजनिक सुनुवाइ कार्यक्रममा मेयर भामले आफूले ५ वर्षसम्म पाउने सेवा सुविधाबाट एम्बुलेन्स किन्ने योजना सुनाएका छन्।

निर्वाचित भएको एक वर्षसम्म आफूले कुनै पनि सेवा सुविधा नलिएको र आगामी दिनहरूमा पनि नलिने उनले बताए। आर्थिक वर्ष २०७९-०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख भामले निर्वाचनका ताका नागरिक सामु गरेका बाचालाई नबिर्सेको बताए।

नगर प्रमुख भामले हप्ताको आफ्नो दैनिक कार्य तालिका पनि सार्वजनिक गरेका छन्। उनले आइतबार, सोमबार, बुधवार र बिहीबार कार्यालयमा रहने मंगलबार अनुगमन र शुक्रवार श्रमदान र सरसफाइमा रहने बताएका छन्।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १० : १७ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको