भुटानी शरणार्थी प्रकरणमा अपराधीलाई लुकाउनु हुँदैन | Khabarhub Khabarhub

भुटानी शरणार्थी प्रकरणमा अपराधीलाई लुकाउनु हुँदैन


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेकपा एमालेबाट विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादी (एस)ले पछिल्लो समय सरकारलाई समर्थन गरेको छ। एकातर्फ नेकपा एसले जुन भूमिका निर्वाह गर्नुपर्ने थियो। त्यो भूमिकामा चुकिरहेको जस्तो देखिन्छ भनेर व्याख्या हुन थालेको छ। पछिल्लो समय यो पार्टीका नेता (एमाले)मा धमाधम गइरहेका छन्। के साँच्चै नेकपा एसको भविष्य छैन ? साथै देशको पछिल्लो राजनीति र नेकपा एसको अबको भूमिका के हो ? यी र यस्तै विषयमा आधारित रहेर एकीकृत समाजवादीकी पोलिट ब्यूरो सदस्य दिलु पन्तसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय नेकपा (एस) पार्टीमा खुसी किन हरायो ?
यो पार्टीमा म खुसी छु। किनभने हिजो जे उद्देश्यको लागि नेकपा (एमाले) बनाएका थियौँ त्यो उद्देश्य पूरा भएन। त्यो उद्देश्य भन्दा त्यसमा पार्टीको नेतृत्व व्यक्तिवादी भयो। एमालेमा व्यक्तिवादी चिन्तन भएको कारण हामीले यो पार्टी बनाएका हौँ। नेकपा (एस) बनेको दुई वर्ष हुन लाग्यो। त्यसको व्यवस्थापन गरेर हामीले चुनौती सामना गरेका छौँ। जसले यो पार्टीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँहरू एमालेमा गए पनि केही गर्ने होइन। त्यहाँ पनि बिगार्ने नै हो। नेकपा (एमाले)मा हामीले गरेका पहिलाका आरोप अहिले पुष्टि हुँदै गएका छन्।

जनमतको हिसाबले हेर्दा त एमाले नै अगाडि बढेको देखिन्छ, तपाईंहरूको गठबन्धनसँग मिलेर अगाडि बढ्ने जुन उद्देश्य थियो। त्यसमा त तपाईंहरू चुक्नु भयो नि ?
अरूको सहारामा हिँड्ने भन्दा पनि हाम्रो पार्टीलाई हामीले नै चलाउने हो। राम्रो उम्मेदवार केही गर्छु भन्दा जिम्मेवार पद नै नपाएको कारणले यस्तो अवस्था आयो।

नेकपा (एस)मा आउने भन्दा पनि एमालेमा जानेको लहर बढी भएको छ किन हो ?
जो जो जानुभयो उहाँहरूले आन्दोलनलाई बुझ्नु भएको छैन। किनभने अहिले देशमा भएका विकृति र विसङ्गतिको भण्डार नेकपा (एमाले)को नेतृत्वले बोकेको छ। तर यसमा आत्तिनु पर्ने अवस्था छैन। नयाँ जिम्मेवारी लिने योद्धा थाक्दैनन्। हामी अगाडि बढी रहन्छौँ। नेकपा (एस) पार्टी खुम्चिँदैन। हामी कुहिरो भित्रको काग होइन। हामीसँग धेरै बाटो छन्। हामी सानो चुस्त दुरुस्त र जनताको पार्टी, जनताको आवाज बोक्ने पार्टी भएर अगाडि बढ्ने छौँ।
नेकपा (एस) अहिले सत्ता सहकार्यमा भइरहँदा सरकार निर्माण गर्ने मुख्य भूमिकामा तपाईंहरूलाई ठाउँ दिइएन, किन ?
नेकपा एस हुँदैनथ्यो भने हिजो बनेको सरकार, संविधानलाई स्थापित गर्ने सपना, संसद्लाई पुनःस्थापित गर्ने र अहिले सरकारमा रहेका पार्टी यो ठाउँमा आउन सक्ने थिएनन्। त्यो बेला गठबन्धन भित्र संसद्प्रति प्रतिबद्ध हुने कुरामा हाम्रो महत्त्वपूर्ण भूमिका छ। हामीले राष्ट्रको हितको लागि बाहिर बसेर विकास हुन्छ भने बाहिर बसौँ भनेका हौँ। अहिले जे टिकाटिप्पणी गरे पनि राष्ट्रिय राजनीतिको मूल प्रवाह नै हामी हो। हामी त्यसको नेतृत्व गर्छौ।

शीर्ष नेताको बैठकमा नेकपा एसले किन ठाउँ पाएन ? नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान कति बलियो बनेको देख्नु हुन्छ ?
नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा (एस) हेरेर बसेको छैन। हामीले खबरदारी गरिरहेका छौँ। सरकारले गरेको कामलाई हामीले अपराधी चिनेर त्यसलाई सजाय दिनुपर्छ भनेका छौं। यो विषयमा हामी जहाँ बसेर पनि सहयोग र समर्थन गर्न सक्छौँ। जब नेपाली जनतालाई अनागरिक बनाउनेलाई जोगाउने खेलमा भएमा हामी खबरदारी गर्छौं। पार्टीको मुख्य व्यक्ति नै देशका नागरिकलाई अनागरिक बनाएर बेच्ने कुरालाई देशका नागरिकले कसरी सोचेका होलान्। यो कुरा सामान्य होइन ।

यसको विरोधमा तपाईंले आवाज उठाएको खोई ?
हामीले छानबिनको काम कमजोर भएको हो कि र यो कुरा कमजोर बनाएर भ्रष्टाचारीलाई छोडियो भने हामी खबरदारी गर्छौँ भनेर भनेको छौँ। भोलिका दिनमा भुटानी शरणार्थीलाई नक्कली बनाएर पठाउँदा यहाँ पठाइएका मध्ये सबै भुटानी नहुन सक्छन्। भोलि अमेरिकामा कुनै घटना घट्यो भने अमेरिकामा भएका नेपालीप्रति गरिने निगरानी र विश्वले नेपाललाई हेर्ने दृष्टि कस्तो होला सोच्नु आवश्यक छ।

पक्राउ परेका सबैलाई समान व्यवहार गरेको छैन। कसैलाई हतकडी लगाएको छ कसैलाई आनन्दले बस्न दिएको छ। त्यसमा नेकपा एस ताली बजाएर बसेको छ किन ?
हामीले खबरदारी गरेका छौँ। अध्यक्ष माधवकुमार नेपालले कुनै अपराधीलाई लुकाउन पाइँदैन भनेर भन्नुभएको छ। छानबिन गर्ने छानबिनकर्ता नभएको कारण जनता तपाईंहरूको साथमा छन् भनेर सरकारमा रहेकालाई हामीले खुट्टा नकमाउनुहोस् भनेका छौँ।

नेपाली कांग्रेसले पक्राउ परेकालाई निलम्बन र कारबाही गर्न सकेको छैन। शीर्ष नेताबीच सहमति भएको त यहाँ प्रष्ट हुँदैन र ?
नेपाली कांग्रेसले हिजोका घटनामा पनि उदारता देखाएको छ। अब जनताले विकल्प खोजेका छन्। यो हाम्रो चुनौती हो। हामीले फोहोर बोकेर हिँडेका छौँ भने जनताले हामीलाई पत्याउँदैनन्। सबै दलले सोच्नुपर्छ। अब यो भ्रष्टाचार हटाउनु पर्छ। अनि मात्र देशको विकास हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १२ : ४७ बजे

पूर्वाधारको पर्खाइमा कोरला नाका

म्याग्दी– उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१

गृहमन्त्रीविरुद्ध नाराबाजी सकेर संसदबाट सडकमा कांग्रेस (तस्बिरहरू)

काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन

‘भत्ताको फाइदा मध्यमवर्गले लिए, प्रणाली सच्याइहालौं’

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट यही जेठ १५

नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य लिएको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको

१० वर्षमा वैदेशिक रोजगारीमा जाने १० हजार बढीले गुमाए ज्यान

काठमाडौं– १० वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने १० हजार बढी