डिस्नेरी हेरेर आउन भट्टराईलाई पौडेलको जवाफ  « Khabarhub

डिस्नेरी हेरेर आउन भट्टराईलाई पौडेलको जवाफ 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्दको विषयले प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदबीच सवाल जवाफ चलेको छ।

नीति कार्यक्रममाथिको छलफलमा  एमाले सांसद योगेश भट्टराई र माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलबीच सवाल जवाफ भएको हो। भट्टराईले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा व्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति जनाए।

संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्ताबेजमा नरहेको भन्दै उनले तर, राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै कांग्रेसको पनि आलोचना गरे।

उनीपछि बोलेका माओवादीका देवेन्द्र पौडेलले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै डिस्नेरी हेर्न सुझाव दिए। जनता सहभागी भएर गरेका आन्दोलन र युद्धलाई नै जनआन्दोलन र जनयुद्ध भनिने भन्दै पौडेलले भट्टराईलाई डिस्नेरी हेर्न सुझाव दिएका हुन्।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै