समृद्ध राष्ट्र बनाउनका लागि समाज समृद्ध हुन आवश्यक  « Khabarhub

समृद्ध राष्ट्र बनाउनका लागि समाज समृद्ध हुन आवश्यक 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले मुलुक समृद्ध बनाउन समाजमा भएका सबै वर्ग र समुदायको हकहित कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।   

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा नेता परियारले मानिसले बाँच्न पाउने कुरा सबैभन्दा ठूलो भएको उल्लेख गर्दै त्यसका लागि सबैले आर्थिक तथा सामाजिक क्रान्ति गरी मुलुकको समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए ।

‘सबैले मिलेर मुलुकको आर्थिक क्रान्ति गर्नेमा ध्यान दिनुपर्छ’, उनले भने , ‘स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सुरक्षाजस्ता आधारभूत कुराको ग्यारेन्टी गर्नुपर्छ ।’ कृषिमा आश्रितको हातमा जमिन नभएको उल्लेख गर्दै सांसद परियारले त्यस विषयमा राज्यले ध्यान दिनुपर्ने र नेपाली नागरिकलाई ‘एक घर, एक धारा’को योजना बनाई स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने बताए ।

विदेश जानेलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने र पोखरालाई पर्यटकीय राजधानीका रुपमा व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  २ : ११ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।