राष्ट्रिय एकता अभियानका नेता पुर्वेमाथि अज्ञात समूहद्वारा सांघातिक आक्रमण « Khabarhub

राष्ट्रिय एकता अभियानका नेता पुर्वेमाथि अज्ञात समूहद्वारा सांघातिक आक्रमण


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले आफ्ना नेता मनिष पुर्वेमाथि अज्ञात समुहले आक्रमण गरेको जनाएको छ । 

आइतबार राति बर्दिबासबाट जनकपुर जाने क्रममा पुर्वेमाथि सांघातिक आक्रमण भएको अभियानले जनाएको हो । उनलाई करिब ८ बजे गुडिरहेको सार्वजनिक गाडीमा चार जनाको अज्ञात समूहले विसालु ग्याँस सुँघाएर बेहोस बनाई नियन्त्रणमा लिएको थियो । उनलाई निर्मम कुटपिट गरी मरणासन्न अवस्थामा नजिकैको खोलामा फ्याँकेको अवस्थामा पाइएको छ ।

होसमा आउँदा आफू खोला किनारमा भएको पुर्वेले बताएका छन् । उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । पुर्वेको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सोमबार विज्ञप्ति जारी गर्दै हिन्दू समाजको सेवामा आफूलाई समर्पित गरेका व्यक्तिमाथिको आक्रमण निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । 

उनले स्तब्ध पार्ने यस घटनाको गहिरो र निष्पक्ष छानबिन गर्न सुरक्षा निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : ३४ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको