जसपाको संसदीय दलको नेतामा यादव चयन « Khabarhub

जसपाको संसदीय दलको नेतामा यादव चयन


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् ।

जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको निर्वाचन समितिको बैठकमा संसदीय दलको नेतामा यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार जसपा केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । मिथिलेस सिंहको नेतृत्वमा रहेको समितिमा दीपेन्द्र झा र अर्जुन थापा सदस्य रहका थिए ।

सोही समितिले सोमबार जसपा संसदीय दलको कार्यालयमा निर्वाचनसम्बन्धी बैठक बोलाएर उक्त बैठकले सर्वसम्मतिबाट अध्यक्ष यादवलाई दलको नेता चयन गरेको सो पार्टीले जनाएको छ । संसदीय दलको नेता चयन भएका यादव गएको वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट सङ्घीय सांसदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ९ : ४३ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको