आज रास्वपाको स्थापना दिवस, चियापान कार्यक्रममा सबै दललाई निमन्त्रणा « Khabarhub

आज रास्वपाको स्थापना दिवस, चियापान कार्यक्रममा सबै दललाई निमन्त्रणा


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम गर्ने भएको छ ।

बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने चियापानमा सबै राजनीतिक दलका मूल नेतृत्वलाई बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।

दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ । 

गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ ।

यो अवधिमा रास्वपाले वृक्षरोपण, देशैभर वडा भेला र वडा समिति गठन, सामुदायिक स्कुल तथा अस्पताल सरसफाइ, रक्तदान आदि कार्यक्रम गरेको छ । साताव्यपी कार्यक्रमको अन्तिम दिन आज चियापानको आयोजना गरेको हो ।

रवि लामिछानेको नेतृत्वमा स्थापना भएको रास्वपाले एक वर्ष नबित्दै प्रतिनिधिसभामा २१ सिटसहित दरिलो उपस्थिति जनाएको छ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ६ : ३० बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६