सांस्कृतिक संस्थानद्वारा विभिन्न स्रष्टालाई सम्मान  « Khabarhub

सांस्कृतिक संस्थानद्वारा विभिन्न स्रष्टालाई सम्मान 


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औं वार्षिक उत्सव पारेर विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

हालै आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले गायक, संगीतकार तथा साहित्यकार गणेश रसिकलाई ५१ हजार रुपैयाँ, दोसल्ला र ताम्रपत्रका साथ ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मान गरे । 

उनलाई सांस्कृतिक संस्थानमा महाप्रबन्धकको रुपमा रहेर सेवासँगै आजीवन नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए ।

कार्यक्रममा ‘सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०’बाट गायक, संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, ‘सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०’बाट नृत्य कलाकार विमला श्रेष्ठ क्षत्री र ‘सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०’ बाट अभिनेत्री सुष्मा शाही पुरस्कृत भएका छन् । उनीहरूले जनही ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

वर्षको ‘सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८०’ नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरियो ।

सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै संरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठूलो योगदान रहेको बताए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ७ : ४६ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल