आजको तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्य कति ?


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार ठूलो गोलभेडा (नेपाली) प्रतिकेजी ३७ रुपैयाँ ५० पैसा, भारतीय गोलभेडा ४२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा १२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, रातो आलु ४३ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३७ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा मूल्य तोकिएको छ ।

यसैगरी,  सुकेको प्याज ४८ रुपैयाँ २० पैसा, लोकल गाजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली र सखरखण्ड ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली १०५ रुपैयाँ रहेको छ ।

रातो मूला २७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा र चिचिण्डो ३५ रुपैयाँ, तने बोडी, निगुरो ८५ रुपैयाँ, मकै बोडी, लोकल सिमी र झिगूनी ४५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, लौका, घिरौला र बुलेट खुर्सानी ६५ रुपैयाँ, भिण्डी ७८ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, तोरीको साग ३५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३५६ रुपैयाँ, कुरिलो र गुन्द्रुक, २७५ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, सेलरी र पुदीना १३५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, कायम गरिएको छ । 

फलफूल अन्तर्गत दसहरी आँप ८५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ, मौसम १९० रुपैयाँ, अनार ४२५ रुपैयाँ, लोकल काँक्रो ९० रुपैयाँ, रूख कटहर ३५ रुपैयाँ, लोकल लिच्ची १२५ रुपैयाँ, किवी ७५० रुपैयाँ र आभोकाडो ६५० रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ८ : ५० बजे

यमनको ताइज प्रान्तमा भएको आक्रमणमा २० जनाको मृत्यु

साना – यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

लगातार हारपछि अर्जुनले भने : बाँकी तीन खेल जित्ने प्रयास हुनेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लगातार हार

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई

एनपीएलमा चितवनको दोस्रो जित, पोखरालाई लगातार चौथो हार

काठमाडौं – बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिग