प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भर्खरै घोषणा गरिएको समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । 

गत सोमबार समाजवादी मोर्चाको घोषणा भएपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच गम्भीर छलफल भएको छ । दुबै नेताले पार्टी एकताका बारेमा पनि कुराकानी गरेको बताइएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ९ : ४० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’