एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै « Khabarhub

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।

एकीकृत समाजवादी (एस)का बहुसंख्यक सांसद आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि यसबारे छलफल गर्न बैठक बोलाएको हो ।

संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ।

नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । पार्टीका सांसदहरुले बजेट संशोधन नगरे पारित विपक्षमा मतदान गर्ने अध्यक्ष माधवकुमार नेपाललाई जानकारी दिइसकेका छन् ।

बजेटमा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकलौटी गरेको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै एकीकृत समाजवादीका सांसदहरू असन्तुष्ट छन् । 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : ५३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा