अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला | Khabarhub Khabarhub

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । 

कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरूका लागि जारी गरेको हो ।

जसअनुसार यस कम्पनीले १०० अंकित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ ।

जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन भएको छ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।

दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले यसमा असार गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार २१ गतेभित्र आवेदन दिनु पर्नेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १२ : ३२ बजे

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

गण्डकी– पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

धुलिखेल–सूर्यविनायक खण्डअन्तर्गत जनागालबाट कालोपत्र सुरु

काभ्रे– अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गतको काभ्रेपलाञ्चोकको जनागाल–भैँसेपाटीमा कालोपत्र सुरु गरिएको

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय

जङ्गली हात्ती मृत फेला

झापा– झापाको मेचीनगर नगरपालिका– १ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन