‘भारत-अमेरिका साझेदारीले दिगो, समावेशी विश्वव्यापी वृद्धिको लागि चालु इन्जिनको काम गर्ने’ « Khabarhub

‘भारत-अमेरिका साझेदारीले दिगो, समावेशी विश्वव्यापी वृद्धिको लागि चालु इन्जिनको काम गर्ने’


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भर्जिनिया– भारत र संयुक्त राज्य अमेरिका बीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिनको रूपमा काम गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले बुधबार नेशनल साइन्स फाउन्डेशनमा ‘भविष्यका लागि सीप’ कार्यक्रमलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री मोदीले दुई देशबीचको बढ्दो गतिलाई कायम राख्न प्रतिभाको व्यवस्थापन र आदानप्रदानको आवश्यकतामा जोड दिएका छन् ।

यसअघि बुधबार वाशिङ्टन डिसी  पुगेका प्रधानमन्त्री मोदीलाई एयरबेसमा औपचारिक स्वागतका साथै गार्ड अफ अनर दिइएको छ । प्रधानमन्त्री मोदी त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिलाले आयोजना गरेको राजकीय रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

प्रथम महिला जिल बाइडेनको साथमा प्रधानमन्त्री मोदीले भर्जिनियाको अलेक्जान्ड्रियामा रहेको नेशनल साइन्स फाउन्डेशनको भ्रमण गरेका हुन् । सो अवसरमा उनहरूले महत्त्वपूर्ण उद्योगमा सफल पार्नका लागि सान्दर्भिक सीप हासिल गरिरहेका दुवै देशका विद्यार्थीसँग कुराकानी गरेका हुन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ३ : ४२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस