स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यक « Khabarhub

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यक


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने बताएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि स्वास्थ्य प्रवर्द्धन सेवासम्बन्धी बहस पैरवी’ कार्यक्रमको उद्घाटन गर्दै उनले स्वास्थ्य संस्थाबाट आम नागरिकले जुन रूपले सेवा सुविधा पाउने हो त्यो रुपमा पाउन सकेका छैनन् भने ।

उनले स्वास्थ्य केन्द्रमा आवश्यकता अनुसारको दरबन्दी नहुनु र भएका दरबन्दीमा चिकित्सक जान नमान्ने आफैमा विडम्बना हो भन्दै सरकारले यस्ता कुरालाई सुधार गरेर छाड्ने बताए। कोशी प्रदेश स्वास्थ्य सचिव सुधा देवकोटाले सञ्चारकर्मीको सूचना र समाचारबाट आम नागरिक सुसूचित हुने भएकाले समाचारमा विशेष ध्यान दिनुपर्ने बताए। उनले हरेक क्षेत्रको कमी कमजोरी औँल्याउने सञ्चारकर्मीको मेहनत र प्रयासबाट नै धेरै रोग नियन्त्रण गर्न सरकारलाई सफलता मिलेको चर्चा गरे ।

स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सरकारले सञ्चालन गरेको विभिन्न अभियान एवं कार्यक्रमलाई आम नागरिकको तहमा पुर्‍याउन सञ्चारकर्मीको भूमिका अग्रणी छ भने ।

कार्यक्रममा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेदर अली, संवाद समूह कोशी प्रदेशको तर्फबाट सुमन सुस्केरा र उद्धव भेटवालले आआफ्ना कार्यपत्र प्रस्तुत गरेकाे सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरेले सञ्चारकर्मी र स्वास्थ्यकर्मीको बीचको सम्बन्धमा बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ३ : ५९ बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला