स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यक | Khabarhub Khabarhub

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यक


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने बताएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि स्वास्थ्य प्रवर्द्धन सेवासम्बन्धी बहस पैरवी’ कार्यक्रमको उद्घाटन गर्दै उनले स्वास्थ्य संस्थाबाट आम नागरिकले जुन रूपले सेवा सुविधा पाउने हो त्यो रुपमा पाउन सकेका छैनन् भने ।

उनले स्वास्थ्य केन्द्रमा आवश्यकता अनुसारको दरबन्दी नहुनु र भएका दरबन्दीमा चिकित्सक जान नमान्ने आफैमा विडम्बना हो भन्दै सरकारले यस्ता कुरालाई सुधार गरेर छाड्ने बताए। कोशी प्रदेश स्वास्थ्य सचिव सुधा देवकोटाले सञ्चारकर्मीको सूचना र समाचारबाट आम नागरिक सुसूचित हुने भएकाले समाचारमा विशेष ध्यान दिनुपर्ने बताए। उनले हरेक क्षेत्रको कमी कमजोरी औँल्याउने सञ्चारकर्मीको मेहनत र प्रयासबाट नै धेरै रोग नियन्त्रण गर्न सरकारलाई सफलता मिलेको चर्चा गरे ।

स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सरकारले सञ्चालन गरेको विभिन्न अभियान एवं कार्यक्रमलाई आम नागरिकको तहमा पुर्‍याउन सञ्चारकर्मीको भूमिका अग्रणी छ भने ।

कार्यक्रममा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेदर अली, संवाद समूह कोशी प्रदेशको तर्फबाट सुमन सुस्केरा र उद्धव भेटवालले आआफ्ना कार्यपत्र प्रस्तुत गरेकाे सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरेले सञ्चारकर्मी र स्वास्थ्यकर्मीको बीचको सम्बन्धमा बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ३ : ५९ बजे

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौँ– साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा साेमबार सुन र चाँदीको मूल्य घटेको छ

१२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण व्यवसायी

कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून

सुर्खेत– बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको

इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमा र फिओरेन्टिनाले बराबरी खेलेका