सेवाप्रवाह र गुनासो व्यवस्थापनमा गम्भीर हुन महानिरीक्षकको निर्देशन « Khabarhub

सेवाप्रवाह र गुनासो व्यवस्थापनमा गम्भीर हुन महानिरीक्षकको निर्देशन


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थभन्दा पेसागत स्वार्थलाई आत्मसात गरी कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको आज निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले अस्पतालमा आउने सेवाग्राहीका समस्यालाई सम्बोधन गर्दै सकारात्मक सोचका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिए । 

अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवं सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । 

प्रहरी महानिरीक्षक कुँवरले सीमित साधन स्रोत एवं विज्ञ जनशक्तिका बाबजुद पनि अस्पतालले प्रवाह गरेको सेवा प्रशंसनीय रहेको उल्लेख गरे । उनले अस्पतालको लक्ष्य हासिलका लागि चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक बहन गरी सम्पादन गर्नुपर्ने बताए। उनले अस्पतालका कमीकमजोरी सुधार र चुनौतीको सामना गर्न सामूहिक भावनाका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालस्थित अक्सिजन प्लान्ट, इमर्जेन्सी विभाग, ज्येष्ठ प्रहरी अतिथिगृह, पूर्वप्रहरी अधिकृत प्रतीक्षालय, नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज, मेडिसिन ओपिडी, मेस, डायलायसिस, विभिन्न वार्डहरूलगायत विभिन्न युनिटहरूको अवलोकन भ्रमण गरेका थिए । 

अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको विकास र सेवा विस्तारका लागि संगठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ६ : ४१ बजे

कानुन मन्त्रालयले माग्यो  विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन,

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा