चितवन राष्ट्रिय निकुञ्जमा १०९ वन्यजन्तु मरे « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा १०९ वन्यजन्तु मरे


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

भरतपुर– आर्थिक वर्ष २०७९-८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले ७१ वन्यजन्तु मरेका हुन् । 

कुकुरको आक्रमणबाट २६, विद्युतीय करेन्ट लागेर दुई, जुधेर एक, दुर्घटनाका कारण एक, चोरी सिकारीका कारण एक, बाढीले बगाएर एक र दलदलमा परेर एक वन्यजन्तुको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

यस्तै मृत्युको कारण नखुलेको दुई र अन्य कारणले तीन वन्यजन्तुको मृत्यु भएको उनले बताए। मृत्यु भएका गैँडा १३ वटा नवलपरासी र नौवटा चितवन जिल्ला क्षेत्रमा भेटिएका थिए । मृत्यु भएका सबै बाघ प्राकृतिक कारणले मरेको तिवारीले बताए । 

यस अवधिमा दुई हात्तीको मृत्यु भएको छ । मृत्यु भएका दुई हात्तीमध्ये एउटा सरकारी घरपालुवा र एउटा निजी हात्ती छन् । सबैभन्दा धेरै ५१ वटा चित्तलको मृत्यु भएको छ । कुकुरको आक्रमणबाट मात्रै २५ चित्तलको मृत्यु भएको तिवारीले जानकारी दिए । 

यस्तै अर्ना तीन, चितुवा एक, गौरीगाई तीन, जरायो सात, बँदेल तीन, कछुवा दुई, लगुना एक, धनेश एक, घडियाल गोही आठ, मगर गोही एक, रतुवा एक र एउटा दुम्सीको मृत्यु भएको छ । कार्यालयले यो अवधिमा एक सय १७ वन्यजन्तुको उद्धार गरेको जनाएको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ६ : ४६ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै