चितवन राष्ट्रिय निकुञ्जमा १०९ वन्यजन्तु मरे « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा १०९ वन्यजन्तु मरे


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

भरतपुर– आर्थिक वर्ष २०७९-८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले ७१ वन्यजन्तु मरेका हुन् । 

कुकुरको आक्रमणबाट २६, विद्युतीय करेन्ट लागेर दुई, जुधेर एक, दुर्घटनाका कारण एक, चोरी सिकारीका कारण एक, बाढीले बगाएर एक र दलदलमा परेर एक वन्यजन्तुको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

यस्तै मृत्युको कारण नखुलेको दुई र अन्य कारणले तीन वन्यजन्तुको मृत्यु भएको उनले बताए। मृत्यु भएका गैँडा १३ वटा नवलपरासी र नौवटा चितवन जिल्ला क्षेत्रमा भेटिएका थिए । मृत्यु भएका सबै बाघ प्राकृतिक कारणले मरेको तिवारीले बताए । 

यस अवधिमा दुई हात्तीको मृत्यु भएको छ । मृत्यु भएका दुई हात्तीमध्ये एउटा सरकारी घरपालुवा र एउटा निजी हात्ती छन् । सबैभन्दा धेरै ५१ वटा चित्तलको मृत्यु भएको छ । कुकुरको आक्रमणबाट मात्रै २५ चित्तलको मृत्यु भएको तिवारीले जानकारी दिए । 

यस्तै अर्ना तीन, चितुवा एक, गौरीगाई तीन, जरायो सात, बँदेल तीन, कछुवा दुई, लगुना एक, धनेश एक, घडियाल गोही आठ, मगर गोही एक, रतुवा एक र एउटा दुम्सीको मृत्यु भएको छ । कार्यालयले यो अवधिमा एक सय १७ वन्यजन्तुको उद्धार गरेको जनाएको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ६ : ४६ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा