चीनको एक रेष्टुरेन्टमा भएको विष्फोटमा ३१ जनाको मृत्यु « Khabarhub

चीनको एक रेष्टुरेन्टमा भएको विष्फोटमा ३१ जनाको मृत्यु


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रमा रहेको रेष्टुरेन्टमा बुधबार भएको विस्फोटमा परी ३१ जना मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

घाइते भएका सात जनाको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

क्षेत्रीय राजधानी यिनचुआनको जिङकिङ जिल्लाको व्यस्त सडकमा बुधबार राति ८ः४० बजे रेष्टुरेन्टबाट खाना पकाउने ग्यास चुहावटपछि विस्फोट भएको थियो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनीहरूको अवस्था स्थिर रहेको र सामान्य घाइते भएका एक जना बुधबार राति उपचारपछि अस्पतालबाट बाहिरिएका छन् ।

रेष्टुरेन्टका म्यानेजर, शेयरधनी र कर्मचारीसहित नौ जनालाई सार्वजनिक सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । नौ जनाको सम्पत्ति रोक्का गरिएको छ । मृतकको सनाखतको काम भइरहेको छ । विष्फोटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ८ : १६ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ