चीनको एक रेष्टुरेन्टमा भएको विष्फोटमा ३१ जनाको मृत्यु « Khabarhub

चीनको एक रेष्टुरेन्टमा भएको विष्फोटमा ३१ जनाको मृत्यु


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रमा रहेको रेष्टुरेन्टमा बुधबार भएको विस्फोटमा परी ३१ जना मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

घाइते भएका सात जनाको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

क्षेत्रीय राजधानी यिनचुआनको जिङकिङ जिल्लाको व्यस्त सडकमा बुधबार राति ८ः४० बजे रेष्टुरेन्टबाट खाना पकाउने ग्यास चुहावटपछि विस्फोट भएको थियो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनीहरूको अवस्था स्थिर रहेको र सामान्य घाइते भएका एक जना बुधबार राति उपचारपछि अस्पतालबाट बाहिरिएका छन् ।

रेष्टुरेन्टका म्यानेजर, शेयरधनी र कर्मचारीसहित नौ जनालाई सार्वजनिक सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । नौ जनाको सम्पत्ति रोक्का गरिएको छ । मृतकको सनाखतको काम भइरहेको छ । विष्फोटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ८ : १६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका