लाओसमा बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ कारोबार गराएको आरोपमा दुई नेपाली पक्राउ « Khabarhub

लाओसमा बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ कारोबार गराएको आरोपमा दुई नेपाली पक्राउ


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा गिरोहले नेपालीलाई लाओस पुर्‍याएर बन्धक बनाई जबर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोबारमा संलग्न गराएको पाइएको छ।

गिरोहले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौंबाट कोलकाता, थाइल्याण्ड हुँदै लाओसकव बोया प्रोभिन्सस्थित गोल्डेन ट्र्याङगलमा रहेको स्पेशल इकोनमिक जोनमा पुर्‍याई बन्धक बनाएर अनलाइन लभ स्क्यामिङ ट्र्यापमा पारी जबर्जस्ती क्रिप्टो कारोबारमा संलग्न गराएको पाइएको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।

ब्यूरोका अनुसार पीडित दुई जना लाओसमा रहेको नेपाली कन्सुलर कार्यालयको सहयोगमा पाँच महिनापछि गत वैशाखमा छुटेर आएपछि दिएको जाहेरीका आधारमा दुई जना भने पक्राउ गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए।

उक्त घटनामा संलग्न रहेको आरोपमा ब्यूरोले कालिकोट घर भई हाल काठमाडौंको नागार्जुन बस्ने वर्ष २५ का पदम नेपाली र नुवाकोट घर भई गोकर्णेश्वर बस्ने ३८ वर्षका श्यामकुमार तामाङलाई पक्राउ गरेको छ। उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जानकारी दिएको छ।

पदम नेपाली भने लाओस, कम्बोडिया, मान्मलगायत देशमा चिनियाँ भाषा अनुवादकको रुपमा काम गर्दै आएका र सोही क्रममा चिनियाँसँग मिलेर उक्त अवैध कारोबारमा संलग्न रहेको पाइएको छ। उनले युवाहरुलाई आकर्षक रोजगारी पाइने लोभ देखाएर लाओस लगेको खुल्न आएको छ।

त्यहाँ पुर्‍याएपछि त्यो गिरोहले फेसबुक, ह्वाट्सएपमा फेक आइडी बनाएर अपरिचित व्यक्तिहरुसँग चिनजान गरी मन जितेर उनीहरुलाई फसाउन परिचालन गर्ने गरेका पाइएको छ।

नेपाल, थाइल्याण्ड, भियतनाम, म्यानमार, लाओस‚ दुबईजस्ता देशमा चिनियाँ कम्पनीले नेपाललगायतका देशबाट आकर्षक रोजगारीको लोभ देखाइ बेरोजगार युवाहरुलाई प्रयोग गरेर अनलाइन स्क्यामिङमार्फत विशेष गरी अमेरिका युरोपका नागरिकलाई लक्षित गरी ठगी गर्ने गरेका थिए।

पीडितलाई उनीहरुले नेपालबाट लाओस् लैजान लागेको ८ लाख रुपैयाँ फिर्ता गरेपछि मात्र नेपाल फर्काउने भनेर मानसिक यातना दिएको पाइएको र यसमा चिनियाँ र नेपालीको संलग्नता रहेको ब्यूरोले जनाएको छ।

-रासस

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ८ : २९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट