पत्रकारमाथि आक्रमण प्रयासको घटनाप्रति महासङ्घको आपत्ति | Khabarhub Khabarhub

पत्रकारमाथि आक्रमण प्रयासको घटनाप्रति महासङ्घको आपत्ति


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर हरि गिरीसहितको समूहले दुर्व्यवहार गर्नाका साथै आक्रमण प्रयास गरेको घटनाप्रति आपत्ति जनाएको छ ।

महासङ्घका सचिव गोविन्दप्रसाद चौलागाईंले आज प्रेस विज्ञप्ति जारी गरी प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझे प्रचलित कानूनी बाटो अवलम्बन गर्नुको साटो दुर्व्यवहार र आक्रमणमा उत्रिनु निन्दनीय भएको जनाएका छन् ।

महासङ्घले घटनाको निष्पक्ष छानबिन गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ । सरकारी जग्गा व्यक्तिले कब्जा गरेको विषयमा समाचार लेखेको भन्दै गिरीसहितको एक समूहले बुधबार अनामनगरमा दुर्व्यवहार गर्दै आक्रमणको प्रयास गरेको जानकारी सम्पादक सापकोटाले महासङ्घलाई गराएका थिए। गिरीलाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ९ : १३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु