सप्तकोशीमा पानीको बहाव बढेपछि जेटबोट बन्द « Khabarhub

सप्तकोशीमा पानीको बहाव बढेपछि जेटबोट बन्द


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कटारी – सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेटबोट बन्द भएको छ । उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेटबोर्ड सञ्चालनमा थिए ।

वर्षासँगै कोशीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेटबोट बन्द गरिएको कोशी एडभेन्चरका सञ्चालक समितिका सचिव शिव थापाले बताए। “कोशीमा पानी बढेपछि सबै जेटबोट कोशीबाट निकालिसक्यौँ”, थापाले भने, “बोटले पानीको छाल नै काट्न नसक्ने अवस्था भएपछि बोट बन्द गरिएको हो ।”

पानीको बहाव घटेसँगै आगामी असोज महिनादेखि फेरि बोट सञ्चालनमा आउने पनि सचिव थापाले बताए । बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्थानहरूमा यात्रु ओसारपसार गर्दै आएको थियो ।

बोटले बराहा क्षेत्र, त्रिवेणी, सिम्ले र माईबेनी गरी चारवटा स्थानहरूमा मुख्यगरी आउजाउ गर्ने गरेको थियो । गाडीबाट झन्डै तीन घण्टा समय लाग्ने ठाउँ सिम्लेमा जेटबोटले करिब १५ मिनेटमै पु¥याउने गरेको थियो । बोटका कारण पहाडी जिल्ला भोजपुर र धनकुटा जाने यात्रुहरूलाई सहज थियो । बोटले वर्षा बाहेकका समयमा १५ हजारको हाराहारीमा यात्रुहरूलाई आउजाउ गराउने गरेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १० : १६ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा