पहिरो नियन्त्रणका लागि स्वीस दम्पतीबाट सहयोग « Khabarhub

पहिरो नियन्त्रणका लागि स्वीस दम्पतीबाट सहयोग


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका–५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि विदेशबाट १५ लाख सहयोग प्राप्त भएको छ ।

गत वर्ष असारमा अविरल वर्षापछि पहिराले विद्यालय जोखिममा परेपछि स्विट्जरल्याण्डका मार्टिन सिँगर र कुस्सी दम्पतीले सो रकम प्रदान गरेका हुन् ।

सहयोग रकमको ‘चेक’ शुक्रबार स्वीस नागरिक एरिकले विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर रावतलाई हस्तान्तरण गरे । स्वीस व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा पुगेका थिए । विद्यालयको खेल मैदानसम्म पहिरोले जोखिममा पारेको प्रत्यक्ष देखेपछि उनीहरूमा सहयोगको भावना जागृत भएको थियो ।

त्यसबेला आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका दुवैले सहयोग रकम एरिकमार्फत विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक रावतले बताए । उनका अनुसार विद्यालयका पूर्वअङ्ग्रेजी शिक्षक क्रान्ति गिरीमार्फत सम्पर्कमा आएका एरिकले सहयोगका लागि समन्वय गरेका हुन् ।

प्रधानाध्यापक रावतले भने, ‘पहिरोले विद्यालय जोखिममा परेको देखेपछि उनीहरु विद्यार्थीका बारेमा चिन्तित भएका थिए । स्विट्जरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिबद्धता जनाए पनि हामीहरू विश्वस्त थिएनौँ तर हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुसी भएका छौँ ।’

पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि ३५ लाख खर्च लाग्ने अनुमान गरिए पनि चालु वर्षमा भने  प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ ।

स्वीसका दुई नागरिकबाट सहयोग रकम प्राप्त भएपछि छिट्टै काम अघि बढाइने प्रधानाध्यापक रावतले जानकारी दिए । उनले भने, ‘हाम्रो विद्यालयका लागि उहाँहरुले ठूलो सहयोग गर्नुभएको छ । उहाँहरूको चाहना अनुसारै विद्यालयको भवन संरक्षणका काम अघि बढाउँछौँ ।’

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ३८ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।