जनताले रुचाएका गायक दीपक खरेल | Khabarhub Khabarhub

जनताले रुचाएका गायक दीपक खरेल



नेपाली सुगम सङ्गीत या आधुनिकताले भरिएको गायनको युग सुरु भइसकेपछि गीतकार रेडियोकर्मी किरण खरेलका अनुसार वि.सं. २०१८ सालदेखि २०३८ सालसम्मको समयलाई नेपाली सङ्गीतको स्वर्णिम युग मानिन्छ।

नेपाली सङ्गीतको स्वर्णिम युग अन्तिम दशकमा वा ३० को दशकको पूर्वाद्धमा आए एक गायक दीपक खरेल। खरेल नेपाली गीति आकाशमा कम समयमा नै धेरै लोकप्रिय भए। धेरैले आफ्नो स्कुल कलेज पढ्दा भर्ने अटोग्राफ, डायरी र कापीमा खरेलका गीतको अंश उद्धृत गर्दथे। यसमा हामी पनि पर्यौं।

नेपाली सङ्गीतको स्वर्णिम युग अन्तिम दशकमा वा ३० को दशकको पूर्वाद्धमा आए एक गायक दीपक खरेल। खरेल नेपाली गीति आकाशमा कम समयमा नै धेरै लोकप्रिय भए।

खरेलका त्यो बेलाका पपुलर गीतमध्ये ‘तिम्रो त्यो हँसिलो मुहार’, ‘पूर्णिमाको रात पनि औंसीको झैँ लाग्न थाल्यो’ जस्ता गीतहरू डायरीमा लेखिन्थे। गायक खरेल शुद्ध गायकका रूपमा मात्र चिनिन्छन्। मेहदी हसनका गजल र गायनलाई मन पराउने खरेल भारतीय गायकमा भुपीन्दर जगदीश सिंहका गजल पनि मन पराउँछन्।

उनलाई २०३० को रेडियो नेपालमा स्वर परीक्षा दिनको लागि सबै भन्दा पहिलो गीत नारायण गोपालको स्वरमा रहेको ‘तिम्रो जस्तो मुटु मेरो पनि’ दिइएको थियो। यो गीत गाएपछि खरेल रेडियो नेपालमा स्वर परीक्षामा पास भए।

उनलाई पहिलो गीत गाउने वा रेकर्डिङ गर्ने मौका मिल्यो गौरीको शब्द द्वारिकालाल जोशीको सङ्गीतमा ‘मैले गाएका गीतहरू तिमीलाई भनी नसम्झ’ बाट उनी लोकप्रिय भए। आफ्नो परिचय बनाए। तर यो गीत दीपक खरेल हुँदाहुँदै विस्तारै ओझेल पर्नुपर्याे। द्वारिकालाल जोशीको सङ्गीतमा दीपक खरेलले पहिलो गीत गाएका थिए भन्ने कुरा पनि इतिहासमा धेरैलाई थाहा थिएन।

त्यसपछि खरेलले नयाँ पुस्ताका संगीतकार शम्भुजित बाँस्कोटाका सङ्गीतमा निर शाह, राजेन्द्र रिजाल, शम्भुजित बाँस्कोटाका रचनामा गीतहरू गाए ती सबै लोकप्रिय भए।

‘पूर्णिमाको रात पनि औंसीको झै लाग्न थाल्यो’, ‘मेरो जीवन तिम्रो सिउँदो कुन पापीले सजाइदियो’ र ‘बादल बनाइदियौँ आकार बदल्न सकौँ क्षमता दिलाइदेऊ’ जस्ता गीतहरू उनले गाए।

उनलाई २०३० को रेडियो नेपालमा स्वर परीक्षा दिनको लागि सबै भन्दा पहिलो गीत नारायण गोपालको स्वरमा रहेको ‘तिम्रो जस्तो मुटु मेरो पनि’ दिइएको थियो। यो गीत गाएपछि खरेल रेडियो नेपालमा स्वर परीक्षामा पास भए।

उनी गीत गाउँदा गाउँदै जनताका प्रिय गायक भए र हृदयका गायक पनि भए। तर अनौठो र आश्चर्यलाग्दो कुरा त्यो बेला दरबारका पनि प्रिय गायक थिए। पञ्चायत कालको समय शाही शासनको युगमा दरबारका गीतकारका गीत पनि उनले गाए। ती गीतहरू पनि लोकप्रिय भए। ‘सँगालिएका बुँदाहरू’ जस्तो गीत ‘अपेक्षाको लहरमा जीवन फालेर’ दीपक खरेलकै कारण लोकप्रिय भए। रिजालले रचना गरेको शम्भुजित बाँस्कोटाको सङ्गीतको ‘यो कर्म भूमिको आँगनमा कर्मको सीप देखाइदेऊ’ जस्तो गीत पनि लोकप्रिय भयो।

दीपक खरेल, राजेन्द्र रिजाल, शम्भुजित बाँस्कोटा, प्रकाश श्रेष्ठ एउटा समोल यो साङ्गीतिक समाजले त्यति बेला ३० को दशकको आधुनिक गीतको चेहरालाई बदल्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्याे। यसमा पनि दीपक खरेलको आवाजले विशेषता प्रदान गर्याे। उनले त्यो समयका चर्चित गायिका तारा देवीसँग पनि गीत गाए।

उनी गीत गाउँदा गाउँदै जनताका प्रिय गायक भए र हृदयका गायक पनि भए। तर अनौठो र आश्चर्यलाग्दो कुरा त्यो बेला दरबारका पनि प्रिय गायक थिए।

दीपक खरेल, प्रकाश पाठक त्यो समयको चर्चित गायकका माझमा तारादेवीले नयाँ पुस्ताका गायकसँग, दीपक खरेलसँग गाएको युगल गीत नै पहिलो थियो। त्यसपछि तारादेवीले प्रकाश श्रेष्ठ उदित नारायण झासँग पनि गाइन्। खरेलको साङ्गीतिक यात्रा विस्तारै बदलिँदै गयो।

शाही नेपाल चलचित्र संस्थानले संयुक्त लगानीमा बनाएको प्रदीप रिमालको निर्देशनको पहिलो फिल्म ‘के घर के डेरा’मा शम्भुजित बाँस्कोटाको संयुक्त सङ्गीतमा दीपक खरेलले निर शाहको शब्दमा ‘कति अनौठो छ यो जीवन’ भन्ने गीत गाए। तर चलचित्रमा खरेलको गायन अन्य गायकको भन्दा कम देखियो।

खरेलले पछि सङ्गीतकारका रूपमा दीपक जङ्गमसँग सहकार्य गरे। भर्खरभर्खर नेपाली गीतहरू क्यासेटबाट सिडीमा निस्किन आँटेको बेला दीपक खरेलले दीपक जङ्गमको सङ्गीत वसन्त चौधरीको शब्दमा ‘माया अल्झेछ’ जस्ता गीत गाए। ती सबै लोकप्रिय भए।

दीपक खरेल, राजेन्द्र रिजाल, शम्भुजित बाँस्कोटा, प्रकाश श्रेष्ठ एउटा समोल यो साङ्गीतिक समाजले त्यति बेला ३० को दशकको आधुनिक गीतको चेहरालाई बदल्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्याे।

अर्को सिडी एल्बम बन्यो ‘सम्झनाको गोरेटोमा’। यो एउटा यस्तो मास्टर्स पिस थियो। दीपक जङ्गम स्वयम् एउटा सङ्गीतकारका रूपमा नारायण गोपालसँग सहकार्य गरिसकेको तारादेवी जस्ता कलाकारसँग सहकार्य गरिसकेपछि दीपक खरेलसँग गरेको यो मास्टर पिसवर्क हो। यसमा दीपक जङ्गमले अशोक धिताल, नरेन्द्र प्रसाईं, विश्वम्भर प्याकुरेल, इन्दिरा प्रसाईंलगायत आफ्नै रचनाका गीतहरू पनि दीपक जङ्गमलाई गाउन लगाए।
नेपालमा भर्खरै एफएमको विकास र एफएममा राम्रो साउन्ड भएको गीत बजाउनु पर्ने भएको बेला दीपक खरेलका गीतले एउटा अभिभावकीय भूमिका निभाए भन्दा पनि आपत्ति हुँदैन।

खरेललेपछि न्यु बज्रचार्य, शक्ति बल्लभसँग पनि सहकार्य गरे। न्यु बज्रचार्यसँग ‘ओन्ली लभ’ भन्ने एउटा सिडी नै उनले गरे जसमा गीतकार दुर्गालाल श्रेष्ठ, मञ्जुल, कालीप्रसाद रिजालका गीतहरू उनले गरे। एक हिसाबले दीपक खरेलको यात्रा नातिकाजी, शिवशङ्कर, द्वारिकालाल जोशी, शम्भुजित बाँस्कोटा दीपक जङ्गम हुँदै दिव्य खालिनसँग पनि सहकार्य भयो।

खरेलले आफ्नो गायनको यात्रामा पछिल्लो चरणमा आफ्नी पत्नी शिला खरेलको रचनामा पनि गीत गाएका छन्। त्यो एल्बम उनको ‘म्युजिकल ओडिसी’ नामबाट पनि प्रकाशन भयो। यसमा शिला खरेल, प्राध्यापक डा. सनतकुमार बस्ती, प्रकाश सायमीलगायत अन्य धेरै गीतकारका गीतहरू पनि समाविष्ट छन्।

एक हिसाबले दीपक खरेलको यात्रामा नातिकाजी, शिवशङ्कर, द्वारिकालाल जोशी, शम्भुजित बाँस्कोटा दीपक जङ्गम हुँदै दिव्य खालिनसँग सहकार्य भयो।

दीपक खरेल नेपाली सङ्गीतको स्वर्णिम युगका एक प्रमुख गायक निरन्तर गायन यात्रामा सक्रिय छन्। दीपक खरेल काठमाडौंमा हेटौंडामा आफ्नो बेला बेलामा एकल साँझ गर्न सफल भएका छन्।

नेपाली सुगम सङ्गीतमा नारायण गोपाललाई अत्यन्तै मन पराउने दीपक खरेल २०३० सालमा आएका गायकमध्ये रेडियो नेपालको विशिष्ट गायकको रूपमा चिनिन्छन्।

उनलाई त्यति बेलाको भारतीय राजदूतावासले बम्बईमा गएर गायन सिक्न जाने छात्रवृत्तिको लागि सिफारिस गरेको थियो। तर खरेल आफ्नो अध्यायनको कारणले बाहिर जान नसक्ने भएपछि त्यो गुमाउनु पर्याे। त्यो ठाउँमा उदित नारायण झा गए। उनी अहिले भारतको चलचित्रबाट प्रसिद्ध पार्स गायकका रूपमा स्थापित छन्।

दीपक खरेलकी आमा पनि गीतकारका रूपमा प्रसिद्ध छन्। उनी भजन र आध्यात्मिक चिन्तनका गीतहरू लेख्छिन्। दीपक खरेलको गायकी धेरैलाई नक्कल गर्न कहिले काहीँ गाह्रो पर्छ। उनको गायकीको आफ्नै स्टाइल, मौलिकता छ। तर दीपक खरेल नेपाली गीत गाउँदा शुद्धताको मापकलाई कायम राख्छन्। विशेष गरेर उनले शिवशङ्करको सङ्गीतमा गाएका गीतहरू अत्यन्त लोकप्रिय भयो।

नेपाली सुगम सङ्गीतमा नारायण गोपाललाई अत्यन्तै मन पराउने दीपक खरेल २०३० सालमा आएका गायकमध्ये रेडियो नेपालको विशिष्ट गायकको रूपमा चिनिन्छन्।

आधुनिक गीतमा सक्रिय भएका दीपक खरेलले चलचित्रका गीतमा त्यति समय दिन पाएनन्। तत्कालीन सरकारको सहसचिवमा पुगेका खरेलले विभिन्न जिम्मेवारी समाल्नु पर्ने हुन्थ्यो र राष्ट्रिय गीतको काम पनि गरिरहेका थिए। आफ्ना गीतहरूको म्युजिक भिडियोको निर्माण पनि गरिरहेका थिए र गायनको यात्रा पनि निरन्तर चलिरहेको छ।

३० सालदेखि गाउन थालेका दीपक खरेलका वैवाहिक जीवन गीतकार राजेन्द्र रिजालका बहिनी शिला रिजालसँग सम्पन्न भयो। वैवाहिक जीवनको सुमधुर यात्रा पार गरिसकेपछि शिला रिजाल पनि गीतकार शिला खरेलका रूपमा दीपक खरेलसँगै गुन्जिइन्।

खरेल आफ्नै पत्नीको गीतबाट एल्बम विमोचन गर्दै गर्दा उनले त्यस गीतका अन्य गीतकार विजय सिवाकोटीलगायत धेरै गीतकारको चर्चा गरेका छन्। दीपक खरेलको निरन्तर यात्राको सफलताको कामना गर्दै उनको सक्रियता जारी रहोस्।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ४८ बजे

इजरायली आक्रमणमा प्यालेष्टिनी प्रहरी प्रमुखसहित २५ व्यक्तिको मृत्यु

गाजा – इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई जरिवाना

काठमाडौं – विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ