कोशी प्रदेशका २ लाख बढी पशुमा लम्पी स्किन, पाँच हजार मरे | Khabarhub Khabarhub

कोशी प्रदेशका २ लाख बढी पशुमा लम्पी स्किन, पाँच हजार मरे


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा– महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगाभैँसीभन्दा गाईगोरुमा रोगको समस्या बढी छ ।

लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

निर्देशनालयका फोकल पर्सन डा. देवकुमार दर्लामीका अनुसार लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको छ भने इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको छ ।

प्रदेशभर चार हजार ९७९ गाईगोरु र ६१ रागाभैँसी मरेका छन् । ती मध्ये सबैभन्दा बढी इलाममा एक हजार ३८२ गाईगोरु र राँगाभैँसी मरेको निर्देशनालयले जनाएको छ ।

झापामा पाँच सय चार, पाँचथरमा चार सय २२, मोरङमा चार सय ८८, उदयपुरमा तीन सय ८५, सुनसरीमा तीन सय ६२, खोटाङमा दुई सय ७९, धनकुटामा दुई सय ७७, सङ्खुवासभामा दुई सय ८५, ओखलढुङ्गामा दुई सय दुई, तेह्रथुममा एक सय ४४, ताप्लेजुङमा एक सय ७०, भोजपुरमा ८३ र सोलुखुम्बुमा ३५ गाईगोरु र राँगाभैँसी लम्पी स्किनको सङ्क्रमणबाट मरिसकेका छन् ।

मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन् । आजसम्मको तथ्याङ्कअनुसार पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट सङ्क्रमित रहेको निर्देशनालयका फोकल पर्सन डा दर्लामीले जानकारी दिए ।

उनका अनुसार इलाममा ३१ हजार तीन सय ४९, धनकुटामा २१ हजार पाँच सय ६८, उदयपुरमा २१ हजार एक सय ८८, सुनसरीमा १७ हजार आठ सय ८६, तेह्रथुममा १५ हजार नौ सय ८६, मोरङमा १३ हजार आठ सय ९०, सङ्खुवासभामा १३ हजार चार सय ६०, खोटाङमा १२ हजार नौ सय १०, ओखलढुङ्गामा सात हजार छ सय ९४, ताप्लेजुङमा सात हजार छ सय २३, भोजपुरमा सात हजार एक सय ५२ र सोलुखुम्बुमा सात सय पाँच गाईगोरु र राँगाभैँसीमा लम्पी स्किमको सङ्क्रमण पुष्टि भइसकेको छ ।

लम्पी स्किनको सङ्क्रमण गाईगोरुको तुलनामा राँगाभैँसीमा न्यून सङ्ख्यामा देखिएको छ । कोशी प्रदेशमा सङ्क्रमित सङ्ख्यामध्ये गाईगोरु दुई लाख २३ हजार सात सय २६ छ भने राँगाभैँसीको सङ्ख्या एक हजार आठ सय १७ मात्र रहेको छ ।

एक लाख बढीलाई खोप
लम्पी स्किन रोगको सङ्क्रमण रोक्न कोशी प्रदेश सरकारले ११ जिल्लामा पशुमा खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । पशु स्वास्थ्य प्राविधिकले गोठमै पुगेर पशुमा खोप लगाइरहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त प्रमुख डा. पशुपति ढुङ्गानाका अनुसार कोशी प्रदेशका सबै जिल्लाका एक लाख सात हजार पाँच सय १० पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।

सबैभन्दा बढी झापामा ३० हजार चार सय ५६ वटा पशुमा लम्पीविरुद्धको खोप लगाइएको छ । इलाममा २७ हजार ५४, पाँचथरमा १४ हजार तीन सय, ताप्लेजुङमा नौ हजार एक सय पशुलाई खोप लगाइउको छ ।

यस्तै, मोरङमा पाँच हजार सात सय ८२, उदयपुरमा एक हजार छ सय ८६, खोटाङमा चार हजार एक सय ९२, ओखलढुङ्गामा चार हजार छ सय ७५, सोलुखुम्बुमा दुई हजार छ सय, धनकुटामा दुई हजार दुई सय र सुनसरीमा पाँच हजार चार सय ७५ पशुमा खोप लगाउने कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए । पहाडी जिल्ला धनकुटा, सङ्खुवासभा र भोजपुरमा लम्पीविरुद्धको खोप लगाउन बाँकी नै छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : १४ बजे

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम

जेनजी आन्दोलनमा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन

काठमाडौं- सोमबार जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : नेता डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचार र बेथितिविरुद्ध

सेनाले लगाएको कर्फ्यु खुल्दा बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं- सेनाले लगाएको कर्फ्यु खुल्दा काठमाडौंका बजारमा चहलपहल देखिएको छ