इराकमा ३०० वर्ष पुरानो मस्जिदको मिनार भत्काइयो  « Khabarhub

इराकमा ३०० वर्ष पुरानो मस्जिदको मिनार भत्काइयो 


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मिनार भत्काइएको छ । सो मस्जिदको मिनार भत्काए पछि स्थानीयले विरोध गरेका छन् ।

सरकारको सो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै स्थानीयले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो ।

सन् १७२७ मा बनेको ११ मिटर (३६ फिट) अग्लो मीनारलाई शुक्रबार बिहान बुल्डोजरले भत्काइएको थियो र धुलोको बादलमा यसको सुन्दरता एकाएक हराएको थियो।

सो मिनारका कारण सहरको ट्राफिक समस्या समाधान हुन सकेको थिएन र यो समस्या अन्त्य गर्न बसराका गभर्नरले यसलाई हटाउन आदेश जारी गरेको भनिएको छ । 

तर, सुन्नी मुस्लिम इन्डोमेन्ट र पुरातात्विक अधिकारीहरूसहित धार्मिक र सांस्कृतिक अधिकारीहरूले यो योजनालाई नष्ट गर्नुको सट्टा संरक्षण र स्थानान्तरण गर्नुपर्थ्यो भन्ने तर्क गर्दागर्दै पनि यो मिनार भत्काइएको जनाइएको छ ।

इराकको संस्कृति मन्त्रालयले अब अवशेष निकालेर संरक्षण गर्ने र त्यसैगरी मिनारको नमुना पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ११ : ३२ बजे

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई