जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी  | Khabarhub Khabarhub

जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी 


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको  राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ । जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९-८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो । 

जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले  आर्थिक वर्ष २०७९-८० मा तीन अर्ब ६३ करोड ९१ लाख राजस्व असुलीको लक्ष्य दिएकामा दुई अर्ब ८१ करोड ७३ लाख मात्रै असुल गरेको छ । आर्थिक वर्ष २०७८-७९ भन्दा २२ प्रतिशत अर्थात्  ८२ करोड कम राजश्व असुल भएको छ ।

प्रमुख पौडेलका अनुसार यस वर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलु र प्याज ढुवानीमा कमीलगायत कारणले राजस्व कम असुल भएको हो । 

जिल्लाको छोटी भन्सार नाका मटिहानी, सम्सी, रघुनाथपुर र कट्टीकटैया सञ्चालनमा नआउँदा समेत राजस्व असुली प्रभावित बनेको उनको भनाइ छ । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ३ : ३० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’