अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबीच भेटवार्ता « Khabarhub

अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबीच भेटवार्ता


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्री हुने सेनसँग भेटवार्ता गरेका छन्।

कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया पुगेका ओलीले शनिबार बिहान राजधानी नोम्पेनमा प्रधानमन्त्री  सेनसँग भेट गरेको निजी सचिवालयले जनाएको छ । ओलीलाई विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्रीस्तरीय अधिकारीबाट स्वागत गरिएको थियो ।

विमानस्थलमै पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुस राजा गिलानीसँग ओलीको भेट भएको छ । ओलीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । ओली गत असार २ गते राति त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ५ : १८ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता