'वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित' | Khabarhub Khabarhub

‘वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित’


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् । 

बिपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बीपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बीपी कोइरालाको सिद्धान्त अनुरूप भएको दाबी गरे । 

बिपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन समय समयमा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उनले आफूहरूले पनि महत्वपूर्ण राजनीतिक निर्णय गर्दा बिपी कोइरालालाई सम्झने गरेको बताएका छन् । 

बिपी कोइरालाको सिद्धान्त अनुरूपनै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको उनको दाबी छ । अब सरकार र राजनीतिक शक्तिले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बीपी कोइरालाप्रति सच्चा सम्मान हुने उपप्रधानमन्त्री खड्काले धारणा राखे । 

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजल स्थिति बीपी सङ्ग्रहालयमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूको  सालिकमा माल्यार्पण गर्नु साथै सङ्ग्रहालय परिसरमा वृक्षारोपण समेत गरे ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली माटोमा आधारित राजनीतिक दर्शन स्थापित गर्न बीपी कोइरालाको सोच सान्दर्भिक रहेको बताए । त्यसका लागि बिपीले गरिब किसानका तस्बिर योजना आयोगमा राख्ने प्रणालीको विकास गराएको समेत उनले स्मरण गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले राष्ट्रियताका विषयमा बिपीसँग माओवादीको पनि बिचार मिल्ने धारणा राखे । सङ्ग्रहालयमा विपीको जीवनकालमा प्रयोग भएका चिजविज सङ्ग्रह गरिनुपर्ने उनको भनाइ छ ।

सो अवसरमा आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ राजनीतिक दर्शन विधातर्फ कुलबहादुर गुरुङ र ढुण्डीराज शर्मा पौडेल (ढुण्डिराज शास्त्री) लाई संयुक्तरुपमा प्रदान गरेको छ । त्यसैगरी बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ साहित्यिक विधातर्फको पुरस्कार देवीप्रसाद रेग्मी र गिरिराज आचार्यलाई संयुक्तरुपमा प्रदान गरिएको छ । पुरस्कारको राशी जनही एक लाख छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ६ : १३ बजे

प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य

आगामी बजेट दलितमैत्री बनाउन माग

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले

चतराधाममा पूर्ण महाकुम्भ मेला सम्पन्न

मोरङ – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे

त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा

सुदूरपश्चिम – त्रिदेशीय रणनीतिक सडकका रुपमा रहेको धनगढीदेखि बझाङको उत्तरी