चार जनालाई बिपी पुरस्कार « Khabarhub

चार जनालाई बिपी पुरस्कार


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिएको छ ।

बिपी कोइरालाको स्मृति दिवसका अवसरमा शनिबार बिपी सङ्ग्राहलय सुन्दरीजलमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा उपप्रधान एव रक्षामन्त्री पूर्ण बहादुर खड्का, पर्यटनमन्त्री सुदन किरातीलगायतले राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ र ढुण्डीराज पौडेललाई उक्त पुरस्कार प्रदान गरे ।

त्यस्तै साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी र गिरीराज आचार्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी जनही एक लाख रूपैयाँ रहेको छ । पुरस्कार वितरण समारोहमा उपप्रधान एवं रक्षामन्त्री खड्काले मुलक निर्माणको नयाँ बेगमार्फत मुलुकको आर्थिक बिकासलाई अघि बढाउनुपर्ने बताए । जनता र मुलुकप्रति इमान्दारीपूर्वक अघि बढ्न सके विश्वेश्वरप्रसाद कोइरालाको मुलुक बनाउने सपना साकार हुने उनले बताए ।

त्यस्तै पर्यटनमन्त्री सुदन किरातीले नेपाली माटोमा आधारित राजनीतिक बिचारधाराहरु अघि बढाउन नसक्दा कतै दुखः पाएको छौ कि भनेर बिपीलाई सम्झने गरेको बताए । उनले संस्कृति र प्रकृतिमैत्री विकासको बाटो अवलम्वन गर्न सके बिपीले भनेको विकासको मोडल अघि बढ्न सक्ने उल्लेख गरे ।

कार्यक्रममा बिपी सङ्ग्राहलय सुन्दरीजलमा वृक्षारोपण गरिएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : २४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग