चार जनालाई बिपी पुरस्कार | Khabarhub Khabarhub

चार जनालाई बिपी पुरस्कार


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिएको छ ।

बिपी कोइरालाको स्मृति दिवसका अवसरमा शनिबार बिपी सङ्ग्राहलय सुन्दरीजलमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा उपप्रधान एव रक्षामन्त्री पूर्ण बहादुर खड्का, पर्यटनमन्त्री सुदन किरातीलगायतले राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ र ढुण्डीराज पौडेललाई उक्त पुरस्कार प्रदान गरे ।

त्यस्तै साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी र गिरीराज आचार्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी जनही एक लाख रूपैयाँ रहेको छ । पुरस्कार वितरण समारोहमा उपप्रधान एवं रक्षामन्त्री खड्काले मुलक निर्माणको नयाँ बेगमार्फत मुलुकको आर्थिक बिकासलाई अघि बढाउनुपर्ने बताए । जनता र मुलुकप्रति इमान्दारीपूर्वक अघि बढ्न सके विश्वेश्वरप्रसाद कोइरालाको मुलुक बनाउने सपना साकार हुने उनले बताए ।

त्यस्तै पर्यटनमन्त्री सुदन किरातीले नेपाली माटोमा आधारित राजनीतिक बिचारधाराहरु अघि बढाउन नसक्दा कतै दुखः पाएको छौ कि भनेर बिपीलाई सम्झने गरेको बताए । उनले संस्कृति र प्रकृतिमैत्री विकासको बाटो अवलम्वन गर्न सके बिपीले भनेको विकासको मोडल अघि बढ्न सक्ने उल्लेख गरे ।

कार्यक्रममा बिपी सङ्ग्राहलय सुन्दरीजलमा वृक्षारोपण गरिएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : २४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग