लहान अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव हुँदा बिरामी समस्यामा « Khabarhub

लहान अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव हुँदा बिरामी समस्यामा

६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट

69
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहान नगरपालिका–७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्ध लगाइने एन्टिरेबिज भ्याक्सिनको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा गए । तर अस्पतालले उक्त भ्याक्सिनको मौज्दात सकिएको बताएपछि उनले बाहिर निजी क्लिनिकमा गएर महँगोमा उक्त भ्याक्सिन लगाए ।

अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको नौ दिनदेखि अभाव भएपछि बनैँता जस्तै अन्य बिरामी चर्को शुःल्क तिरेर बाहिर निजी क्लिनिकमा जान बाध्य भएका छन् । उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । एन्टिरेबिज भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाउने हो ।

भ्याक्सिनको अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । बढीमा प्रति इन्जेक्सन रु पाँच सय पर्ने भ्याक्सिनलाई अस्पतालमा मौज्दात सकिएको मौका छोपी निजी मेडिकल पसलले रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।

प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा सुनिलकुमार कुहवाहाले बताए । “दैनिकरूपमा १५–२० जना बिरामी आउँछन् । भ्याक्सिन छैन, के गर्नु रु आफैँले खरिद गर्न मिल्दैन । हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक भ्याक्सिन माग गरेका थियौँ । तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले भ्याक्सिनको चरम अभाव भयो”, कुशवाहाले भने, “आएपछि बिरामीलाई उपलब्ध गराउँछौँ”, प्रदेशले चाँडै औषधि पठाउने आश्वासन दिएको उनले बताए ।

भ्याक्सिन लगाउन दुई सयभन्दा बढी बिरामी रहेको अस्पतालले जनाएको छ । “लक्षणअनुसार तीनदेखि पाँच डोजसम्म लगाउनुपर्छ । कसैको एक त कसैको दुई डोज लागाएको छ”, कुशवाहाले भने, “छिट्टै आपूर्ति भए गरिब तथा विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्छ ।”

कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जङ्गली जनावरले टोकेर दैनिक ५० जनासम्म अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।लहान अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव हुँदा बिरामी समस्यामा

सिरहा – सिरहाको लहान नगरपालिका–७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्ध लगाइने एन्टिरेबिज भ्याक्सिनको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा गए । तर अस्पतालले उक्त भ्याक्सिनको मौज्दात सकिएको बताएपछि उनले बाहिर निजी क्लिनिकमा गएर महँगोमा उक्त भ्याक्सिन लगाए ।

अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको नौ दिनदेखि अभाव भएपछि बनैँता जस्तै अन्य बिरामी चर्को शुःल्क तिरेर बाहिर निजी क्लिनिकमा जान बाध्य भएका छन् । उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । एन्टिरेबिज भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाउने हो ।

भ्याक्सिनको अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । बढीमा प्रति इन्जेक्सन रु पाँच सय पर्ने भ्याक्सिनलाई अस्पतालमा मौज्दात सकिएको मौका छोपी निजी मेडिकल पसलले रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।

प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा सुनिलकुमार कुहवाहाले बताए । “दैनिकरूपमा १५–२० जना बिरामी आउँछन् । भ्याक्सिन छैन, के गर्नु रु आफैँले खरिद गर्न मिल्दैन । हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक भ्याक्सिन माग गरेका थियौँ । तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले भ्याक्सिनको चरम अभाव भयो”, कुशवाहाले भने, “आएपछि बिरामीलाई उपलब्ध गराउँछौँ”, प्रदेशले चाँडै औषधि पठाउने आश्वासन दिएको उनले बताए ।

भ्याक्सिन लगाउन दुई सयभन्दा बढी बिरामी रहेको अस्पतालले जनाएको छ । “लक्षणअनुसार तीनदेखि पाँच डोजसम्म लगाउनुपर्छ । कसैको एक त कसैको दुई डोज लागाएको छ”, कुशवाहाले भने, “छिट्टै आपूर्ति भए गरिब तथा विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्छ ।”

कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जङ्गली जनावरले टोकेर दैनिक ५० जनासम्म अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ४२ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट