लहान अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव हुँदा बिरामी समस्यामा « Khabarhub

लहान अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव हुँदा बिरामी समस्यामा


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहान नगरपालिका–७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्ध लगाइने एन्टिरेबिज भ्याक्सिनको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा गए । तर अस्पतालले उक्त भ्याक्सिनको मौज्दात सकिएको बताएपछि उनले बाहिर निजी क्लिनिकमा गएर महँगोमा उक्त भ्याक्सिन लगाए ।

अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको नौ दिनदेखि अभाव भएपछि बनैँता जस्तै अन्य बिरामी चर्को शुःल्क तिरेर बाहिर निजी क्लिनिकमा जान बाध्य भएका छन् । उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । एन्टिरेबिज भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाउने हो ।

भ्याक्सिनको अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । बढीमा प्रति इन्जेक्सन रु पाँच सय पर्ने भ्याक्सिनलाई अस्पतालमा मौज्दात सकिएको मौका छोपी निजी मेडिकल पसलले रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।

प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा सुनिलकुमार कुहवाहाले बताए । “दैनिकरूपमा १५–२० जना बिरामी आउँछन् । भ्याक्सिन छैन, के गर्नु रु आफैँले खरिद गर्न मिल्दैन । हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक भ्याक्सिन माग गरेका थियौँ । तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले भ्याक्सिनको चरम अभाव भयो”, कुशवाहाले भने, “आएपछि बिरामीलाई उपलब्ध गराउँछौँ”, प्रदेशले चाँडै औषधि पठाउने आश्वासन दिएको उनले बताए ।

भ्याक्सिन लगाउन दुई सयभन्दा बढी बिरामी रहेको अस्पतालले जनाएको छ । “लक्षणअनुसार तीनदेखि पाँच डोजसम्म लगाउनुपर्छ । कसैको एक त कसैको दुई डोज लागाएको छ”, कुशवाहाले भने, “छिट्टै आपूर्ति भए गरिब तथा विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्छ ।”

कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जङ्गली जनावरले टोकेर दैनिक ५० जनासम्म अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।लहान अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव हुँदा बिरामी समस्यामा

सिरहा – सिरहाको लहान नगरपालिका–७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्ध लगाइने एन्टिरेबिज भ्याक्सिनको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा गए । तर अस्पतालले उक्त भ्याक्सिनको मौज्दात सकिएको बताएपछि उनले बाहिर निजी क्लिनिकमा गएर महँगोमा उक्त भ्याक्सिन लगाए ।

अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको नौ दिनदेखि अभाव भएपछि बनैँता जस्तै अन्य बिरामी चर्को शुःल्क तिरेर बाहिर निजी क्लिनिकमा जान बाध्य भएका छन् । उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । एन्टिरेबिज भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाउने हो ।

भ्याक्सिनको अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । बढीमा प्रति इन्जेक्सन रु पाँच सय पर्ने भ्याक्सिनलाई अस्पतालमा मौज्दात सकिएको मौका छोपी निजी मेडिकल पसलले रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।

प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा सुनिलकुमार कुहवाहाले बताए । “दैनिकरूपमा १५–२० जना बिरामी आउँछन् । भ्याक्सिन छैन, के गर्नु रु आफैँले खरिद गर्न मिल्दैन । हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक भ्याक्सिन माग गरेका थियौँ । तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले भ्याक्सिनको चरम अभाव भयो”, कुशवाहाले भने, “आएपछि बिरामीलाई उपलब्ध गराउँछौँ”, प्रदेशले चाँडै औषधि पठाउने आश्वासन दिएको उनले बताए ।

भ्याक्सिन लगाउन दुई सयभन्दा बढी बिरामी रहेको अस्पतालले जनाएको छ । “लक्षणअनुसार तीनदेखि पाँच डोजसम्म लगाउनुपर्छ । कसैको एक त कसैको दुई डोज लागाएको छ”, कुशवाहाले भने, “छिट्टै आपूर्ति भए गरिब तथा विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्छ ।”

कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जङ्गली जनावरले टोकेर दैनिक ५० जनासम्म अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ४२ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर