जनताका काममा खट्न महामन्त्री थापाको आग्रह | Khabarhub Khabarhub

जनताका काममा खट्न महामन्त्री थापाको आग्रह


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तामा रहँदा होस् वा नरहँदा जनताका काममा दिनरात खट्न कांग्रेसका जनप्रतिनिधि तथा नेतालाई आग्रह गरेका छन् ।

आज ४१औँ विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको ‘उत्पादनसँग कांग्रेस’ विषयक परिसंवादमा महामन्त्री थापाले आगामी चार वर्ष जनताको हितमा काम गरेर २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा पार्नुपर्ने बताए।

“नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, जनताको आशा र भरोसा पनि कांग्रेसप्रति नै छ”, महामन्त्री थापाले भने, “चार वर्षमा काम गरेर देखाउन सकेनौँ भने विसं २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा नहुनसक्छ ।” कांग्रेसका आठ लाख ६६ हजार सक्रिय कार्यकर्ता प्रत्येक जनताको घरमा पुगेर उनको सुखदुःखमा साथ दिन पनि उनले आग्रह गरे ।

“स्थानीय तहको निर्वाचन घोषणापत्रमा कांग्रेसले ‘अबको यात्रा र एजेन्डा ः समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प’ अगाडि सारेको छ”, थापाले भने, “जनताको भावना र राजनीतिक शक्ति सन्तुलनअनुसार संशोधन र परिमार्जन गरी समृद्ध र प्रगतिशील दस्तावेजका रूपमा रुपान्तरण गर्न नेपाली कांग्रेस अगाडि बढ्नैपर्छ ।”

कांग्रेस पार्टीको जन्म सत्तामा पुग्नका लागि मात्रै नभएको भन्दै उहाँले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाद्वारा जनताको भावनाअनुसार अग्रगामी र प्रगतिशील आर्थिक–सामाजिक रुपान्तरण गर्न स्थापनाका लागि भएको स्पष्ट पारे । “नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहन, देशमा पूर्वाधार निर्माण गरी उत्तरदायी शासन व्यवस्था ल्याउने प्रयत्नमा हामी छौँ”, उनले भने ।

जल, जमिन, जङ्गल, जडीबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नसमेत उनले आग्रह गरे।

खेतीपाती र पशुपालन तथा कृषि एवं पशुजन्य उद्योगको स्थापना एवं क्षमता विस्तारका लागि लगानी गर्न चाहने कृषक र उद्यमीका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा लगानीका लागि सुलभ ऋणको व्यवस्था तथा अनुदानका कार्यक्रमको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

कृषि प्रणालीलाई व्यवस्थित गर्न भू–उपयोग योजनामार्फत कृषिमा उद्यमशीलता, आधुनिकीकरण तथा औद्योगिकीकरण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । कृषि–जैविक विविधताको महत्व भएका बाली तथा वस्तुको पहिचान गरी दिगो संरक्षण तथा उपयोग कार्यक्रम सञ्चालन गर्न उहाँले स्थानीय तहलाई सुझाव दिए ।

प्रत्येक गाउँपालिकामा कृषि सामग्री, बीउ, मल, नश्ल सुधार, विषादी, औषधि आदिको सहज आपूर्तिका लागि निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सुपथ कृषि सामग्री पसलको स्थापना तथा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ४६ बजे

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काभ्रेपलाञ्चोक– मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका

ताप्लेजुङमा तीन सातापछि हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङमा तीन सातापछि  हवाई उडान भएको छ । खराब

‘कुलिङ पिरियड’ छानबिन विशेष समितिलाई २१ दिनको समयावधि

काठमाडौं– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष

संसद् बैठक : राप्रपाको बहिष्कार, रास्वपा वेल घेराउमा

काठमाडौं– भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै