जसपाले निर्वाचन आयोगमा बुझायो विधान « Khabarhub

जसपाले निर्वाचन आयोगमा बुझायो विधान


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ ।

प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद पार्टीको मूल नारा हुने उल्लेख गरिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

विधानमा गैरभौगोलिक विशेष प्रदेश समितिको संरचना हटाई केन्द्रीय सम्पर्क समिति बनाइएको र उमेर हद उल्लेख नगरिएको उहाँनको भनाइ छ । एक सय ५१ सदस्यीय रहने केन्द्रीय समितिमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक रहने व्यवस्था गरिएको छ ।

पदाधिकारी तथा सदस्य निर्वाचनमा तीन जना निर्वाचित हुने पदमा एक महिलासहित सामाजिक समूहको समावेशी हुनुपर्ने व्यवस्था गरिएको छ । केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एकतिहाई महिलासहित विविधता प्रतिविम्बित हुने गरी खस आर्य, आदिवासी, मधेसी, थारू, दलित, मुस्लिम र अल्पसङ्ख्यक समुदायका जातिय सामाजिक समूहबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । यसरी निर्वाचित गर्दा कम्तीमा ४० प्रतिशत युवा हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : १४ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी– आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

काठमाडौँ – सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।