राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै « Khabarhub

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको गतिरोध अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक बिहान ८ बजे राष्ट्रपति भवन शीतल निवासमा बोलाइएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।

सो विषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरी जारी संसद अवरोधको विषयमा गम्भिर चासो व्यक्त गरेका थिए । 

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो भएको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएसँगै संसदको गतिरोध हट्ने सम्भावना देखिएको छ । 

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ६ : ४८ बजे

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा