ग्यास्ट्रिकको समस्या के हो ? « Khabarhub

ग्यास्ट्रिकको समस्या के हो ?

बढी चिन्ता गर्नेलाई पनि हुन्छ ग्यास्ट्रिक


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

आजभोलि प्राय धेरै मान्छेमा ग्यास्ट्रिकको समस्या हुने गरेको छ। हरेक नेपालीलाई ग्यास्ट्रिक छ। अस्पतालमा पुगेका धेरै बिरामी पेटको माथिल्लो भागमा दुख्ने, पेट पोल्ने, पेट फुले जस्तो हुने, ढ्याउ आउने, वाकवाकी लाग्ने, छाती पोल्ने जस्ता लक्षण लिएर आउने गरेको चिकित्सक बताउँछन्। ग्यास्ट्रिकको समस्या के हो ? यो कसरी हुन्छ ? लक्षण के कस्ता देखिन्छन् ? बच्ने उपायहरू के के हुन् ? ग्यास्ट्रिक भएपछि के गर्ने र खानेकुरामा कसरी ध्यान पुर्याउने ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि पेट तथा कलेजो रोग विशेषज्ञ डा.उमिद श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

ग्यास्ट्रिकको समस्या के हो ?
खानपान गर्ने तरिका नमिल्दा अधिकांश मानिसलाई ग्यास्ट्रिकको समस्याले सताउने गर्छ। ग्यास्ट्रिक रोग भन्दा पनि सबै रोगको कलेक्सन हो। ग्यास्ट्रिक सबै भन्दा बढी चिन्ताले भएको देखिन्छ। रोग नलागे पनि आफूलाई के-के हुने हो भनेर आफै डर मानेमा अझै बढेको देखिन्छ। ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु वा पेटमा ग्यास बढ्नु हो भनेर बुझिन्छ।

के कारणले हुन्छ ग्यास्ट्रिक ?
बाहिरका जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ। पछिल्लो समयको अनियमित जीवनशैली जसमा भोक लागेको बेलामा वा समयमा नखाने, एकै पटक ज्यादा खाने, रातिको खाना खाने बित्तिकै सुत्ने वा पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने मानिसमा यो रोग ज्यादा देखिएको छ।

त्यसैगरी खाली पेटमा चिल्लो खाना खाने, मानसिक तनाव लिने, मनोरञ्जन नगर्ने, भय, चिन्ता, शोक उदासीनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेमा र लामो समयसम्म जाँडरक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी, आदि खाने गर्दा ग्यास्ट्रिक हुन्छ।

ग्यास्ट्रिक लक्षण के के हुन् ?
ग्यास्ट्रिक हुँदा पेट दुख्ने, पोल्ने, भोक हराउनु, अम्लपित्त बढ्ने, वाकवाकी लाग्ने, वान्तामा रगत देखिने, ढ्याउ–ढ्याउ आउने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, रिंगटा लाग्ने, टाउको दुख्ने, पेट फुल्ने लगायतका लक्षण देखिन्छन्।

ग्यास्ट्रिकको उपचार कसरी गरिन्छ ?
कुनै पनि बिरामी आएर मलाई ग्यास्ट्रिक भयो भन्दा हामीले यही भयो भन्न पनि सकिँदैन। यसको लागि जाँचबुझ नै गर्नुपर्ने हुन्छ। ग्यास्ट्रिकले भित्री अंगमा के भइरहेको छ ? सिधा हेर्ने भनेको इन्डोस्कोपी जाँच हो। त्यो भन्दा अरु जाँच भनेको ग्यास्ट्रिक गराउने, अल्सर गराउने एक प्रकारको ब्याक्टेरिया हुन्छ। त्यो छ छैन भनेर जाँच्ने विधि छन्। तर, ग्यास्ट्रिक भयो भनेर आउने सबैलाई इन्डोस्कोपी गरिँदैन। तर इन्डोस्कोपी गर्दा धेरै मान्छे आत्तिने डराउने हुन्छ। सबैलाई इन्डोस्कोपी गराउनु पर्ने बाध्यता छैन। ४५ वर्ष भन्दा कम उमेरका मानिस पहिलो पटक ग्यास्ट्रिक भयो भनेर यिनै लक्षण लिएर आउनुभयो भने पेटको जाँचहरू पनि गर्न सकिन्छ।

कस्तो अवस्थामा इन्डोस्कोपी गरिन्छ ?
इन्डोस्कोपी गर्नुपर्ने अवस्था भनेको कम उमेरमा अचानक तौल घट्यो भने त्यसको कारण पत्ता लगाउन इन्डोस्कोपी गर्नु जरुरी छ। विना कारण वाकवाकी लाग्ने, वान्ता आउने, रगत वान्ता आउने, कालो दिसा आउने, लक्षण देखियो भने इन्डोस्कोपी गर्नु अति जरुरी हुन्छ। केही कुरा निल्दा गाह्रो हुने, अड्किने भयो भने क्यान्सरको लक्षण हुनसक्छ। यस्तो बेलामा पनि इन्डोस्कोपी गरिहाल्नुपर्छ। आजभोलिको मान्छेहरूलाई थकाई धरै लाग्ने, मुटु ढुकढुक हुने, लक्षण देखा पर्दा रक्तअल्पता भएको हुनसक्छ। रक्तअल्पता अल्सरको कारणले भएको हुन्छ। अन्य कुनै रोगका कारण आफूले थाहा नपाउने गरी ब्लड लिक भएको हुनसक्छ। जसले गर्दा एनिमिया भएको हुनसक्छ। यस्तो बेलामा पनि इन्डोस्कोपी गर्नुपर्छ।

घाँटी र पेटमा इन्डोस्कोपी गर्दा किन गाह्रो हुन्छ ?
इन्डोस्कोपी गर्दा एउटा पाइपमा क्यामरा जोडेर भित्रको खाना नली, आमाशय हेरिन्छ। यो पक्रिया विज्ञ डाक्टरले गर्ने हो। यो दुईदेखि पाँच मिनेटमा गर्न सकिन्छ। मुखबाट पाइप पठाउँदा ‘ग्यारीफेलेक्स’ त भइहाल्छ। यदि यो भएन भने अर्को नशाको रोग हुन जान्छ। त्यस कारण अलिकति असजिलो महसुस हुन्छ। २० देखि ३० मिनेटमा लोकल एनेष्टी एसियाको असर हराउँछ। इन्डोस्कोपी गर्दा हावा दिनुपर्ने भएकाले पेट फुलिने हुनाले बिरामीले असजिलो महसुस गर्नुहुन्छ। तर त्यसको असर लामो समय नरहने भएकाले डराउनु पर्दैन।

कस्तो अवस्थामा अल्सर हुने हो ?
ग्यास्ट्रिक भएकालाई खानपानमा चिल्लो पिरो कम गर्नु, टेन्सन नलिनु भनिन्छ। अल्सर हुने कारण भनेको ब्याक्टेरियाले गर्दा हो। पहिले अल्सर भएका सबैलाई अप्रेसन गर्नुपथ्र्यो। अहिलेको समयमा ब्याक्टेरियाले गर्दा अल्सर हुन्छ भन्ने थाहा पाएपछि यो ब्याक्टेरिया छ वा छैन हेरेर ब्याक्टेरियालाई मार्न सकियो भने यसबाट बच्न सकिन्छ। अर्को भनेको जाँच नगरी पेनकिलर जस्ता औषधि खाने प्रवृत्तिले अल्सर हुनसक्छ।

ग्यास्ट्रिकबाट बच्न कस्ता खानेकुरा खाने ?
ग्यास्ट्रिकबाट बच्न चिल्लो, पिरो, अमिलो खानेकुरा धेरै खानु हुँदैन। चिल्लो कुरा खाँदा रिफलेक्स हुन्छ। आमाशयमा जोड्ने भएको सानो नलीमाथि फर्किन्छ। जसका कारण घाँटी पोल्ने, अमिलो पानी आउने लक्षण देखापर्छ। डाक्टरको सल्लाहमा मात्र अन्य औषधि खानुपर्छ।

कुनै बिरामीले त लामो समयसम्म पेनकिलर लिनुपर्ने हुन्छ। यस्तो अवस्थामा इन्डोस्कोपी कुन अवस्थामा गर्ने ? ४० प्रतिशतलाई त पेट नदुख्दा पनि अल्सर भएको हुनसक्छ भने ६० प्रतिशतलाई दुखाइ हुने हो। धेरै पेनकिलर खानेहरूलाई लक्षण नदेखिए पनि अल्सर हुन्छ। त्यसैले सकेसम्म आफै औषधि किनेर खानु हुँदैन।

मद्यपान, धूम्रपान सेवन नगर्ने। जति चिन्ता बढ्छ, अल्सरको सम्भावना पनि त्यति नै बढ्छ। त्यसैले बढी चिन्ता नलिँदा ग्यास्ट्रिकबाट बच्न सकिन्छ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : ०२ बजे

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले