नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन ६ घण्टा लाग्ने | Khabarhub Khabarhub

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन ६ घण्टा लाग्ने


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । गएराति नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । उनले पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको बताए ।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि अहिलेसम्म ३० प्रतिशतमात्र काम भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको तामाङले बताए ।

गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरेका छन् ।

उनले काठमाडौँबाट गएका सवारीसाधन मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको बताए । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : ३७ बजे

नीति तथा कार्यक्रम : एमालेको सत्तारोहणसँगै फर्कियो ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’

काठमाडौं – आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रममा नेकपा

लघुवित्तका ऋणीहरूको कर्जा पुनर्ताजकीकरण गरिने

काठमाडौं- सरकारले लघुवित्तका ऋणीहरूको कर्जालाई पुनर्ताजकीकरण गर्ने जनाएको छ ।

९८ प्रतिशत नेपालीका घरमा पुग्यो विद्युत्

काठमाडौं – नेपालको ९८ प्रतिशत जनतामा जलविद्युत पुगेको सरकारले जनाएको

राष्ट्रपति संसद्‍ जाँदा यस्तो देखियो काठमाडौंको सडक (तस्बिरहरू)

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी

संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको